अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । इन्स्योरेन्स र क्यापिटलबीच सेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको हो । बिहीबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब अजोड इन्स्योरेन्सकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनिहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलले गर्नेछ ।
सर्वाधिक पुँजीसहित ‘नम्बर वान’ बन्ने सगरमाथा लुम्बिनीको रणनीति, सीईओ क्षेत्री, कर्मचारी समायोजन कसरी ?
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने भएका छन् । दुबैले असार ३० गते समझदारी पत्रमा हस्ताक्षर गर्दै मर्जरको प्रकृया अघि बढाएका हुन् । सम्झौता अनुसार दुई कम्पनी १००ः८० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात लुम्बिनी जनरलको १०० कित्ता सेयर हुनेले मर्जरपछि सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् । मर्जर पनि बन्ने कम्पनीको नाम ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’ हुने छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री हुने सहमति भएको छ । त्यस्तै, सञ्चालक समिति र कर्मचारीको विषयमा भने निर्णय हुन बाँकी रहेको सगरमाथा इन्स्योरेन्सका सीईओ क्षेत्रीले बताए । ‘क्लोजिङको समय भएकाले सबै विषय टुंगो लगाउन भ्याइएको छैन, मात्र सम्झौता गरिएको हो, क्लोजिङ पछि सबै निर्णय हुन्छ,’ क्षेत्रीले विकासन्युजसँग भने । नियामक निकाय बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० रुपैयाँ हुनुपर्ने व्यवस्था छ । सो अनुसार दुई कम्पनी एक आपसमा मर्जरमा जान लागेका हुन् । यससँगै १०० बराबर ८० को स्वाप रेसियोमा मर्ज भएपछि बन्ने ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी’को चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ नाघ्ने देखिन्छ । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । नयाँ बन्ने कम्पनी पुँजीको आधारमा ‘नम्बर वान’ बन्ने देखिएको छ । बीमाशुल्क सगरमाथा इन्स्योरेन्सको पछिल्लो तथ्यांकअनुसार कम्पनीले ३ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको छ । जुन जेठ २७ गतेसम्मको तथ्यांक हो । चालु आर्थिक वर्ष अर्थात गत जेठ मसान्तसम्ममा भने सगरमाथाले २ अर्ब ७९ करोड रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । जुन असार मसान्तमा बढेर आउने छ । नाफा चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा सगमाथाले २८ करोड ७१ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । त्यस्तै, जनरल इन्स्योरेन्सले ९ करोड ५५ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । कोषहरु गत चैत मसान्तसम्ममा सगरमाथाको बीमा कोषमा १ अर्ब १८ करोड, जगेडा तथा कोषमा ६० करोड ८६ लाख र महाबिपत्ति जगेडा कोषमा ११ करोड ३६ लाख रुपैयाँ छ । त्यस्तै, लुम्बिनी जनरलको जगेडा कोषमा ३१ करोड १७ लाख, बीमा कोष ७७ करोड १७ लाख र महा विपत्ती जगेडामा ३ करोड ४९ लाख रुपैयाँ छ । लाभांश इतिहाश लाभांशको आधारमा हेर्ने हो भने निर्जीवन बीमा क्षेत्रमै सबैभन्दा बढी बोनस सेयर दिने कम्पनीमा सगमाथा इन्स्योरेन्स अगाडि छ । जसले दोहोरो अंकमा नै लाभांश वितरण गरिरहेको छ । यो अवधिमा सगरमाथाका सेयरधनीले न्यूनतम ११ प्रतिशतदेखि अधिकतम १०० प्रतिशतसम्म बोनस सेयर खाएका छन् । त्यस्तै, लुम्बिनी जनरलले पनि आफ्नो क्षमता अनुसार निरन्तर रुपमा प्रतिफल दिइरहेको छ । शाखा संख्या सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसाय गर्दै आएको २५ वर्ष पुरा भएको छ भने लुम्बिनी जनरलले १७ वर्ष पार गरिसकेको छ । यो अवधिमा सगरमाथाले कूल ७३ वटा शाखा, उपशाखा तथा एक्स्टेन्सन मार्फत सेवा दिँदै आएको छ भने लुम्बिनी जनरलले प्रादेशिक, शाखा तथा उपशाखा गरी कूल ४९ वटा शाखा विस्तार गरेको छ । यससँगै अब मर्जर पछि बन्ने कम्पनीको कूल शाखा संख्या १२२ पुग्ने छ । कर्मचारी संख्या हाल सगरमाथामा ३९६ जना कर्मचारी छन् भने लुम्बिनी जनरलमा २५५ जना कर्मचारी कार्यरत छन् । सम्भवतः दुई इन्स्योरेन्स मर्जपछि कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने सम्भावना बढी छ । बीमा समितिले केही दिन अघिमात्रै एक सर्कुलर जारी गर्दै मर्जरमा जाने कम्पनीहरुलाई कर्मचारीले खाईपाई आएको सेवा सुविधा तथा पद नघटाउन निर्देशन दिएको थियो । यो पनि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता, स्वाप रेसियो १००ः८०
सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता, स्वाप रेसियो १००ः८०
काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज हुने भएका छन् । सो सम्बन्धमा दुई कम्पनीले असार ३० गते बिहान ९ बजे प्रारम्भिक समझदार पत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन् । दुई इन्स्योरेन्सबीच १००ः८० को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको हो । ‘१००ः८० को रेसियोमा सम्झौता भएको हो,’ लुम्बिनी जनरल इन्स्योरेन्स श्रोतले विकासन्युजसँग भन्यो । अर्थात मर्जपछि लुम्बिनी जनरलको १०० कित्ता सेयर हुने सेयरधनीले सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् । त्यस्तै, मर्जपछि बन्ने कम्पनीको नाम, सीईओ तथा अध्यक्षको बारेमा भने निर्णय हुने बाँकी रहेको छ । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १००ः८० को स्वाप रेसियोमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्सका सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरलका सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यससँगै दुबै कम्पनीको सेयर कारोबार पनि रोक्का भएको छ । नेप्सेले असार ३० गतेदेखि नै दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।