कोरोना बीमा पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्छ, अभिकर्ताको कमिसन बढाऔं : अध्यक्ष ढुंगाना

काठमाडौं । कोरोना बीमा पोलिसी ल्याउने व्यक्तिलाई जेल हाल्नुपर्ने पेसागत अभिकर्ता संघका अध्यक्ष शम्भुप्रसाद ढुंगानाले बताएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै कोरोना पोलिसीबाट दुःख पाएको भन्दै पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्ने बताएका हुन् । ‘कोरोना बीमा पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्छ, यो पोलिसीले गर्दा बीमा कम्पनीले दोष र अबजस खेप्नुपरेको छ,’ उनले भने । कोरोना महामारीको समयमा आम जनतालाई सहज होस् भन्ने हेतुले सरकारले कोरोना पोलिसी ल्याएको थियो । तर, बीमा कम्पनीले अर्बौं रकम बराबरको दाबी भुक्तानी नगर्दा बीमा कम्पनीप्रतिको विश्वास घटेको भन्दै छिट्टै भुक्तानी हुनुपर्ने मागहरु उठेका छन् । बीमितको घरमा नै गएर बीमा पोलिसी बिक्री गर्ने श्रमिक तथा अभिकर्ताको उचित मूल्याङ्कन हुनुपर्ने धारणा उनले राखे । अभिकर्तालाई दिँदै आएको ५ प्रतिशत कमिसन कम भएको भन्दै उनले बढाउन माग गरे । जीवन बीमा कम्पनीका अभिकर्ता जस्तै निर्जीवन बीमा कम्पनीका अभिकर्ताले पनि कमसिन पाउनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय बीमा कम्पनीलाई सिलवालकाे चेतावनी : तोकेको समयमा पुँजी वृद्धि नगरे कारोबार रोक्ने

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले तोकेको समयमा पूँजी वृद्धि नभए कारोबार रोक्ने चेतावनी दिएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको ९ औं वार्षिकोत्सवमा बोल्दै उनले कम्पनीलाई यस्ताे चेतावनी दिएका हुन् । ‘तोकेको समयमा पुँजी बढाउनै पर्छ, होइन भने समितिले एक्सन लिन्छ, कारोबार रोक्छ,’ उनले भने । साथै, उनले अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने भए प्रक्रिया अघि बढाई काम गर्न निर्देशन दिए । यस्तै, समितिको नियमनमा बसेपछि समितिकै नियममा बस्नुपर्छ भन्दै अध्यक्ष सिलवालले २/४ महिनामा सबै अडिट सक्न राष्ट्रिय बीमा कम्पनीलाई निर्देशन दिएका छन् ।      

९ वर्षे यात्रामा राष्ट्रिय बीमा संस्थान : आधा दर्जन बैंकमा लगानी, आफ्नै भवन, तीन ठाउँमा जग्गा

देशमा बीमा व्यवसाय स्थापना गरी पुँजी निर्माण गर्न नेपाल सरकारको लगानीमा वि.सं. २०२४ र साल पुस १ गते राष्ट्रिय बीमा संस्थान (प्रा.लि.) को स्थापना भई सोही सालको फागुन ११ गतेदेखि निर्जीवन बीमा व्यवसायको कारोबार सुरु भएको थियो । २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन लागू भएपछि राष्ट्रिय बीमा संस्थानमा परिणत भई कारोबार सञ्चालन गर्दै आएको थियो । बीमा व्यवसाय व्यवस्थित तथा नियमित गर्न बनेको बीमा ऐन, २०४९ को दफा १२ मा ‘जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका बीमकले समितिले तोकेको मितिदेखि तोकिए बमोजिम जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय गर्ने अलग-अलग संस्थाका रूपमा कार्य गर्नुपर्नेछ ।’ भन्ने व्यवस्था बमोजिम कम्पनी ऐन २०६३ अन्तर्गत रही वि.सं. २०७१ जेठ २८ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई असार २७ गते बीमा समितिबाट निर्जीवन बीमकको इजाजत पत्र प्राप्त गरी साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । कम्पनीले कारोबार सुरु गरेको आज आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेकाे छ । राष्ट्रिय बीमा कम्पनी नेपाल सरकारको स्वामित्व प्राप्त एक मात्र निर्जीवन बीमा कम्पनी हो । आन्तरिक स्रोत र साधनहरूको परिचालन मार्फत् अर्थतन्त्र गतिशील बनाउने, बीमा सेवाको माध्यमबाट आर्थिक जोखिम व्यवस्थापन गर्ने र विदेशी मुद्राको व्ययभार कम गर्ने उद्देश्य अनुसार कम्पनीले विगत ५५ वर्षदेखि नेपाल सरकारका विभिन्न मन्त्रालय र अन्तर्गतका निकायहरू, सार्वजनिक संस्थानहरू, निजी व्यावसायिक प्रतिष्ठानहरू र सर्वसाधारण जनतालाई विभिन्न बीमा सेवा प्रदान गर्दै आइरहेको छ । फलस्वरूप नेपाली बीमा बजारको विकास एवं विस्तारमा कम्पनीको नेतृत्वदायी भूमिका रहेको छ । सरकार, निजी क्षेत्रका प्रतिष्ठानहरू र सर्वसाधारण जनताको विश्वास एवं भरोसाले बीमा बजारमा प्रतिस्पर्धा हुँदाहुँदै पनि व्यावसायिक एवं ग्राहकमुखी कार्यशैली र बीमितहरूको चाहना एवं आकाङ्क्षा अनुरूप उच्च स्तरको सेवा प्रवाहका कारण व्यवसाय अभिवृद्धि गर्न सफल भएको छ । सरकारले आव २०७९/८० को बजेटमा लिएको ‘एक घर एक बीमा’ नीति सार्थक बनाउन सरकारको सहयोगीको भूमिका निर्वाह गर्दै राष्ट्रिय गौरवका आयोजना लगायत सरकारी र निजी सम्पत्ति, उद्योगधन्दा र व्यापार व्यवसायलाई बीमाको दायरामा ल्याई बीमा क्षेत्र विस्तार अभियानमा कम्पनी लागिपरेको छ । भौतिक पूर्वाधार निर्माण, सरकारी एवं निजी सम्पत्ति, कृषि एवं पशुपालन, जनस्वास्थ्य लगायतका क्षेत्रमा हुन सक्ने क्षति, दुर्घटना एवं प्राकृतिक विपत्तिबाट सिर्जना हुने सम्भावित आर्थिक जोखिममा बीमाको माध्यमबाट वित्तीय सुरक्षण प्रदान गर्दै आएको छ । सरकार, निजी क्षेत्र एवं सर्वसाधारण जनताको भौतिक सम्पत्तिको सुरक्षाका लागि सम्पत्ति बीमा, पूर्वाधारको विकास निर्माणमा इन्जिनियरिङ बीमा, प्राकृतिक विपत्तिबाट उत्पन्न हुने जोखिमको सुरक्षामा प्राकृतिक विपत् जोखिम सामूहिक दुर्घटना बीमा, जनस्वास्थ्यको सुरक्षामा स्वास्थ्य एवं औषधोपचार बीमा, कृषक एवं न्यून आय भएका जनताको सुरक्षा र कृषि क्षेत्र विस्तारमा थप टेवा प्रदान गर्न कृषि, पशुपालन एवं लघु बीमा, हवाई यात्री तथा विमानहरूको सुरक्षार्थ हवाई बीमा, अन्तरदेशीय वस्तु/सामान ओसारपसार सुरक्षाका लागि सामुद्रिक बीमा, मोटर दुर्घटनाबाट हुने क्षतिको जोखिम बहन गर्न मोटर बीमा सेवा प्रदान गर्न कम्पनी सदैव तत्पर रहेको छ । लामो समयदेखि थाती रहेको लेखापरीक्षण कार्यलाई उच्च प्राथमिकतामा राखी अघि बढाइएको छ । फलस्वरूप आर्थिक वर्ष २०७२/७३ सम्मको लेखापरीक्षण सम्पन्न गरी बीमा सामतिबाट स्वीकति प्राप्त भइसकेको छ । अन्य आर्थिक वर्षको लेखापरीक्षणको कार्य अन्तिम चरणमा पुगेको छ । पुँजी संरचना  हाल राष्ट्रिय बीमा कम्पनीमा नेपाल सरकारको ४७.५० प्रतिशत, कर्मचारी सञ्चय कोषको २२ प्रतिशत र नेपाल बैंकको १०.९६ प्रतिशत गरी कूल ८०.४६ प्रतिशत संस्थापक सेयर रहेको छ । त्यस्तै, बाँकी रहेको १९.५४ प्रतिशत सेयर साधारण सेयर रहेको छ । आर्थिक वर्ष २०७०/७१ को साधारण सभा पश्चात कुल संस्थापक समूहको सेयर स्वामित्व घटेर ७० प्रतिशत कायम हुने छ । उक्त सभापछि नेपाल सरकारको ४१.०३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १९.३७ प्रतिशत र नेपाल बैंकको ९.६० प्रतिशत हुने छ र साधारण सेयरको स्वामित्व बढेर ३० प्रतिशत पुग्ने छ । आर्थिक स्रोत र आधार कम्पनीको आफ्नो विभिन्न निर्जीवन बीमा व्यवसायबाट प्राप्त खुद बीमा शुल्क, पुनर्बीमा कमिसन, का र दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल कम्पनीका आर्थिक स्रोतका आधार हुन् । आ.व. २०७८/७९ मा कुल रु. २६४.७१ करोड बीमाशुल्क आर्जन भएको छ । केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरू कम्पनीको काठमाडौँमा प्रधान कार्यालय सहित प्रदेश नम्बर १ मा बिर्तामोड, इटहरी र विराटनगर, मधेश प्रदेशमा वीरगञ्ज, लाहान र जनकपुरमा शाखा तथा वीरगञ्जमा उपशाखा, बागमती प्रदेशमा हेटौँडा, नारायणघाट, नुवाकोट र बनेपामा शाखा तथा भक्तपुरमा उपशाखा, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा भैरहवा, दाङ र नेपालगञ्जमा शाखा तथा पाल्पामा उपशाखा, कर्णाली प्रदेशको सुर्खेतमा शाखा तथा जुम्लामा उपशाखा र सुदूरपश्चिम प्रदेशको धनगढीमा शाखा तथा बझाङ र डोटीमा उपशाखा कार्यालय गरी कुल २३ कार्यालय मार्फत कारोबार गरिरहेको छ । चालू आ.व.मा थप दुई वटा शाखा कार्यालय विस्तार गर्ने योजना रहेका छ । जनशक्ति निर्जीवन बीमा व्यवसायमा प्राविधिक ज्ञानका साथै व्यवसाय सम्बन्धी विषय वस्तुको ज्ञान र भौतिक वातावरण उच्च स्तरको हुनुपर्ने कुरालाई ध्यानमा राखी दक्ष जनशक्ति निर्माण कार्य अघि बढिरहेको छ । कम्पनीमा १४७ कर्मचारीको दरबन्दी रहेकोमा हाल ८६ जना स्थायी कर्मचारी कार्यरत रहेका छन् । रिक्त रहेका पदहरूमा लोक सेवा आयोगको कार्यतालिका अनुसार निरन्तर पदपूर्ति कार्य भइरहेको छ । अभिकर्ता तथा सर्भेयर बीमा व्यवसाय अभिवतिका लागि देशभर छरिएर रहेका २५० क्रियाशीलासक्रिय अभिकर्ताहरूका भूमिका महत्त्वपूर्ण रहेको छ । अभिकर्ताहरूको कारण सामान्य जनतामा बीमा चेतनाको विकास गरी बामा सेवालाई सर्वसाधारणसम्म पुयाउन महत्त्वपूर्ण योगदान पगेको छ । साथै आगामी दिनमा समेत बीमा अभिकर्ता तालिम सञ्चालन गरी योग्य र कर्मठ अभिकर्ता उत्पादन गरी व्यवसाय वृद्धिमा टेवा पुयाउने कम्पनीको एउटा प्रमुख लक्ष्य रहेको छ । त्यस्तै बीमाको विश्वसनीयता कम्पनीले लिएको दाबी भुक्तानी नीतिमा निर्भर रहने हुँदा दाबी भुक्तानी सहजीकरणका लागि दुर्घटनाबाट भएको क्षतिको मूल्याङ्कन गरी प्रतिवेदन पेस गर्ने प्रयोजनका लागि १२६ जना सर्भेयर कम्पनीसँग आबद्ध भई क्रियाशील रहेका छन् । लगानी हालसम्म नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरूमा विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको छ । दीर्घकालीन लगानीका रूपमा मुख्यतया यस कम्पनीको निम्नलिखित कम्पनीहरूमा सेयर लगानी रहेको छ । कम्पनीमा नबिल बैंकको १ करोड ७४ लाख १५ हजार १७९ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंकको १ करोड ७३ लाख १६ हजार ७४४ कित्ता र नेपाल पुनर्बीमा कम्पनीको २७ लाख ६९ हजार ५४९ कित्ता सेयर लगानी रहेको छ । कम्पनीको नेपाल आयल निगम, नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, सिभिल बैंक, नेपाल ल्युब आयल लगायतका संस्थामा समेत लगानी रहेको छ । साथै, कम्पनीको २०७९ आषाढ मसान्त सम्ममा वाणिज्य बैंक, विकास बैंक लगायतको मुद्दती निक्षेपमा ४९० करोड रुपैयाँको लगानी रहेको छ । पुनर्बीमा बजार कम्पनीको व्यवसाय सुचारु रूपले सञ्चालन गर्न तथा उचित बीमाङ्क रकमको जोखिम बहन गर्न सक्ने क्षमता अभिवृद्वि एवं जोखिम न्यूनीकरण गर्नका लागि पुनर्बीमा सम्बन्धी व्यवस्थालाई व्यवस्थित गर्न कम्पनीले आफ्नो निर्जीवन बीमा व्यवसायको पुनर्बीमा विश्वका ख्याति प्राप्त पुनर्बीमकहरूसँग गर्दै आएको छ । साथै नेपाल सरकारको र स्वदेशी लगानीमा स्थापित नेपाल पूनर्बीमा कम्पनी र निजी लगानीमा स्थापित हिमालयन रि.सँग समेत पुनर्बीमाको व्यवसाय गरी विदेशी विनिमय सञ्चितिमा अनुकूल । प्रभाव पार्ने प्रयास गरिरहेको छ । बीमा बजारमा कम्पनीको स्थिति कम्पनीको प्राथमिकता, प्रारम्भदेखि नै सुशासन, ग्राहक सेवामा समर्पित रहने, आर्थिक अनुशासन र उच्च व्यावसायिक नैतिकताबाट अभिप्रेरित बीमकका रूपमा रहेको तथा सरकारी क्षेत्रको बीमकको समेत जिम्मेवारी कम्पनीले निर्वाह गरिरहेको छ । बीमा बजारमा बढ्दो अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न कम्पनीले महत्त्वपूर्ण भूमिका खेलिरहेको व्यहोरा सर्वविदितै छ । कम्पनीको प्रकाशित वित्तीय विवरण अनुसार मुनाफा, नेट वर्थ, प्रति शेयर आम्दानी जस्ता सूचकाङ्क उत्कृष्ट रहेका छन । साथै अधिकांश सूचकहरू बीमा उद्योगको औसतभन्दा माथि रहेका छन् । ग्राहक सेवा नेपाल सरकार, बीमा समिति, कम्पनीमा आबद्ध बीमित, सेयरधनी तथा सरोकारवाला तथा सङ्घ सस्थाहरू कम्पनीको मार्गदर्शक हुन् । समयसापक्ष सुधारका कार्य तीवर व्यावसायिक बीमा कम्पनीका रूपमा कम्पनीलाई स्थापित गर्ने प्रयास निरन्तर जारी समितिले जारी गरेको पशु तथा बाली बीमा गर्ने नीति बमोजिम कम्पनीले पनि-बीमा व्यवसाय गरी कृषि क्षेत्र विस्तारमा थप टेवा प्रदान गरिरहेको छ । अचल सम्पत्ति कम्पनीको आर्थिक स्थितिको लेखाजोखा यसको कारोबार, तरलता, विश्वसनीयता सम्पत्ति जस्ता वस्तुहरूले निर्दिष्ट गरेका मूल्याङ्कनका आधारमा हुन्छ । कम्पनी रूपमा भोगचलन गरिरहेको रामशाह पथस्थित १५ रोपनी जग्गा तथा भवन १,५०६ वर्गमिटर जग्गा, धनगढीमा ६ कठ्ठा र भैरहवामा ४ कठ्ठा १० धुर जगगा सँगै आफ्नै भवन रहेको छ । (गोरखापत्रबाट)