रिलायन्स लाइफ इन्स्योरेन्सको नेशनल कन्फरेन्स चितवनमा सम्पन्न
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नेशनल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ ।रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको उपस्थितीमा कन्फरेन्स सम्पन्न भयो । यो कनफरेन्स विशेष गरी कम्पनीको आगामी १ वर्षभित्र गनपर्ने कामहरु, कम्पनीको व्यापारिक धारणा, विभिन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउँदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार विस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्तरक्रिया भएको थियो । दुइ दिनसम्म संचालन भएको सो नेशनल कन्फरेन्समा वर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रिय कार्यालय साथै विभिन्न व्यवसायिक उपलब्धिको आधारमा समेत कर्मचारीलाई सम्मान गरिएको थियो । रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा बिस्तार गरी जीवन बीमा क्षेत्रमा उल्लेख्य कार्य गदै देशभर जीवनबीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
पहिलो दिनको कारोबारमै १० प्रतिशतले घट्यो हिमालयन एभरेष्टको सेयर मूल्य
काठमाडौं । हिमालन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बुधबार मात्रै दोश्रो बजारमा भित्रिएको इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ४५९.५० रुपैयाँमा झरेको हो । जुन नेप्सेले पहिलो कारोबारको लागि तोकिदिएको रकमभन्दा प्रतिकित्ता ५०.९८ रुपैयाँले घटी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ५१०.४८ रुपैयाँ तोकिदिएको थियो । तर, कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०९.६० रुपैयाँमा भयो । त्यसपछि दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा घट्यो । पहिलो दिनको कारोबारमा कम्पनीको १ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २९२ पटकको कारोबारमा कूल ३९ हजार ९३५ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
कतिमा भयो हिमालयन एभरेष्ट इन्स्योरेन्सको पहिलो कारोबार ?
काठमाडौं । बुधबारदेखि दोश्रो बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०९.६० रुपैयाँमा भएको छ । जुन नेप्सेले तोकेको मूल्यभन्दा घटी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ५१०.४८ रुपैयाँ तोकिदिएको थियो । कम्पनीको सेयर ‘एचईआई’ सिम्बोलबाट किनबेच भइरहेको छ । कारोबार शुरुवातसँगै सेयर मूल्य पनि घट्दो छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४०.४८ रुपैयाँले घटेर प्रतिकित्ता ४७० रुपैयाँमा झरेको छ । जुन नेप्सेले तोकिदिएको मूल्यको तुलनामा ७.९३ प्रतिशतले घटी हो । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा मर्ज भएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको हो । उक्त नामबाट गत साउन १ गतेदेखि एकीकृत कारोबार भएको हो ।