दैनिक एक सय जनालाई भुक्तानी गर्छौं, चेक लिन आउनुस् : राष्ट्रिय बीमा कम्पनी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले दैनिक एक सय जनालाई कोरोना बीमाको दावी भुक्तानी गर्ने भएको छ । कम्पनीले मंसिर १३ गते मंगलबारदेखि अधिकतम सय जनालाई दावी भुक्तानी गर्न शुरु गरेको हो । कम्पनीले सर्वसाधारण (व्यक्तिगत) तर्फका बीमितहरुमध्ये कूल १८६३ जना बीमितलाई पहिलो प्राथमिकतामा राखेर दावी भुक्तानी गर्न लागेको हो । सो कार्यको लागि कम्पनीले १२७० लटसम्मको चेक तयार पारिसकेको समेत बताएको छ । यससँगै चेक बनिसकेको तर नलगेकाहरुलाई यथाशिघ्र चेक बुझिलिन कम्पनीले आग्रह गरेको छ । कम्पनीले मंगलबार आफ्नो वेवसाइटमा सूचना सार्वजनिक गर्दै ७७ जना बीमितलाई चेक लिन आग्रह गरेको छ । [pdf id=368475] त्यस्तै, कम्पनीले १२७१ लटदेखि १५२७ लटसम्मका बीमितहरुको पनि विवरण सार्वजनिक गरिसकेको छ । [pdf id=368477]
एनएलजी इन्स्योरेन्सका २३७ बीमितले कोरोना बीमाको भुक्तानी पाउने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले पहिलो लटमा २३७ जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी दिने भएको छ । कम्पनीले मंगलबारदेखि एकल तथा पारिवारिक बीमालेख अन्तर्गत पहिलो दावीकर्ताहरुलाई प्राथमिकतामा राखी उक्त बीमितहरुलाई भुक्तानीको दिन थालेको हो । कम्पनीले नेपाल सरकार, अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा र नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम भुक्तानी गर्ने छ । इन्स्योरेन्सले दावी फर्छौट हुने कोरोना बीमा दावीकर्ताहरुको विवरण कम्पनीको वेवसाइटमा उपलब्ध गराएको छ । साथै, विवरणमा रहेका बीमितहरुलाई समयमै भुक्तानी लिनसमेत कम्पनीले आग्रह गरेको छ । त्यस्तै, कम्पनीले बीमितहरुलाई भुक्तानीमा सहज गराउन लागि दुई जनाको कर्मचारीको फोन नम्बर समेत उपलब्ध गराएको छ । यससँगै बीमितले नीरोज रेग्मीलाई ९८४३७३७०३९ र रबी मर्हजनलाई ९८६१७९०४०६ मा सम्पर्क गर्न सक्नेछन् ।
आईजीआईले दिन थाल्यो कोरोना बीमाको पैसा, ७१५ जनाले पाउने, कसले कति ? (नामसहित)
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स (आईजीआई) नेपालले मंगलबारदेखि कोरोना बीमाको दावी भुक्तानी शुरु गरेको छ । कम्पनीले नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार मंसिर १३ गतेदेखि कोरोना बीमाका दावीकर्ताहरुलाई भुक्तानी दिन थालेको हो । सो अनुसार कम्पनीले पहिलो लटमा पहिलो दावी गर्नेलाई प्राथमिकतामा राख्दै ७१५ जना दावीकर्तालाई दावी फर्छौट गर्ने निर्णय गरेको छ । कम्पनीबाट कोरोना भाइरस बीमालेख अन्तर्गत दावी गरी भुक्तानी पाउन बाँकी रहेका ९८२ एकल र पारिवारिक बीमालेख धारक दावीकर्ताहरुमध्ये ७१५ जनालाई भुक्तानी दिन लागेको हो । कम्पनीले दावीकर्ताहरुको नामावलीसहितको विवरण आफ्नो वेवसाइटमा उपलब्ध गराएको छ । जसअनुसार बीमितहरुले कम्पनीमा सम्पर्क गरी आफ्नो दावी वापतको रकम लिन सक्नेछन् । त्यस्तै, अन्य भुक्तानी हुन बाँकी दावीको हकमा भने नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्णय बमोजिम अर्को लटमा गरिने समेत कम्पनीले जानकारी गराएको छ । कसले कति ? (नामसहित) [pdf id=368427]