अजोड इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले अजोड इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ । प्रुभु इन्स्योरेन्ससँग मर्जरको लागि प्रकृियामा गएपछि अजोडको सेयर कोरोबार मंसिर ११ गतेदेखि रोक्का भएको थियो । नेप्सेले संस्थागत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार मंसिर १९ गतेदेखि लागु हुने गरी खुला गरेको छ ।

नेशनल लाईफको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी साढे ४ अर्ब नाघ्यो

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३४ औं वार्षिक साधारण सभाबाट प्रस्तावित १५.७८९ प्रतिशत लाभांश पारित भएको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (करसमेत) पाउने भएका छन् । ४ अर्ब ३ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बोनसपछि ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीलाई ३६ करोड रुपैयाँ आवश्यक परेको छ । जुन तोकिएको समय अर्थात २०७९ चैतभित्र सहज रुपमा पुर्याउने कम्पनीको दावी छ ।  

सबै शाखा आफ्नै भवनमा सञ्चालन गर्छौं, ५ अर्ब पूँजी सजिलै पुर्याउँछौं : अध्यक्ष सिंह

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले आफ्ना सबै शाखाहरुलाई आफ्नै स्वामित्वमा भएका भवनमा सञ्चालन गर्ने बताएकी छिन् । उनले नेपालगंज शाखा आफ्नै स्वामित्वमा भएको जग्गामा भवन निर्माण गरेको बताउँदै अन्य शाखाहरु पनि आफ्नै स्वामित्वमा रहेको भवनमा सञ्चालन गर्ने बताएकी हुन् । ‘नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य शुरु गरेको छ, अन्य शाखाहरुमा पनि यो प्रकृया शुरु गरिने छ, कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ,’ उनले भनिन् । नियामक निकायले २०७९ साल चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने वाध्यात्मक ब्यवस्था गरेको छ । सोही बमोजिम बीमा समितिले तोकिएको अवधिमा नै नेशनल लाइफ इन्स्योरेन्सले चुक्ता पूँजी पुर्याउने उनले दाबी गरिन् । कम्पनीले हाल प्रसतव गरेको बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख १ हजार रुपैयाँ पग्ने उनको भनाइ छ । बाँकी रहने चुक्ता पूँजी आगामी दिनमा तोकिएको समय भित्र सहज रुपमा पुग्ने स्थिति रहेको उनले बताइन् । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत रहेको उनले बताईन् । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक रहेको उनको भनाइ छ । कम्पनीको बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रहेको र नियामकीय निर्देशन अनुसार पर्याप्त फ्युचर बोनस प्रोभिनिङ गरेर बीमितहरुलाई दिई आएको बोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको उनले बताईन् ।