नेपाल लाइफको बीमा रकम अनलाइन भुक्तानी गर्दा उपहार नै उपहार
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ गरेका छन् । यस अभियान अन्तर्गत माघ महिनाभरि बीमा शुल्कको नविकरण अनलाईन माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न उपहार प्राप्त गर्नेछन् । यसका साथै भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नविकरण शुल्क भुक्तानी गर्ने ग्राहक मध्येबाट हरेक हप्ता एकजनाले इयरबड्स पाउने कम्पनीले जनाएकाे छ । त्यस्तै, पहिलो पटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नविकरण गर्ने सम्पूर्णले १०० रुपैयाँ क्यासब्याक प्रदान गर्नेपनि कम्पनीले जनाएकाे छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पे र प्रभु-पे सँग सम्झौता गरेको छ । य २०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ।
गुराँस, प्राइम र युनियन मर्ज भई हिमालयन लाइफ बन्ने, अध्यक्ष र सीईओ दुबै यूनियनबाट
काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफबीच मर्जर गर्ने अन्तिम सम्झौता भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा आइतबार तीन कम्पनीबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।यसअघि नै तीन कम्पनीबीच मर्जरकाे सैद्धान्तिक सहमित काम अगाडि बढेकाे थियाे । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको सेयर स्वाप रेसियाे १ : १ : १ कायम गरिएको छ । डिडिए रिपाेर्टका अाधारमा स्वाप रेसियाेमा अन्तिम सहमति भएकाे कम्पनीले जनाएका छन् । मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ । अध्यक्ष र सीईओ दुबै यूनियन लाइफ इन्स्याेरेन्स कम्पनीका हुन् । मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । यूनियन लाइफका प्रवर्द्धककाे अगुवाइमा गत वर्ष हिमालयन रि इन्स्याेरेन्स खुलेकाे थियाे । कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरि कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापन सम्बन्धि कार्यलाई अघि बढाउने र समग्रमा एकिकृत कारोबार यथाशक्य छिटो शुरु गर्ने समेत सहमति भएको यूनियन लाइफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकतृ मनाेज कुमार लाल कर्णले जानकारी दिए ।
महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । पौष २२ गते सिप विकास तालिम केन्द्र कुस्माको सभाहलमा कार्यालय प्रमुख संतोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । महालक्ष्मी लाईफका धौलागिरी प्रमुख तथा प्रमुख अतिथि जमुना आचार्यले यस किसिमको शिपमुलक तालिमले महिलामा काम गर्न र आत्मनिर्भर हुन मद्दत हुने धारणा राखेकी थिइन् । सहभागिको तर्फबाट सुनिता ढकाल र शर्मिला तिवारीले महालक्ष्मी लाईफले महिला सशक्तिकरणमा गरेको भूमिकाको प्रशंसा गरेका थिए । यसै क्रममा पौष २४ गते गौर नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ । महिला नेतृ उमा झा को अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रमममा स्वागत मन्तव्य कम्पनीका गौर प्रमुख राजेश कुमार साहले गर्नु भएको थियो। ६५ जनाको सहभागिता रहेको तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बजार विभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै प्रशिक्षण दिएका थिए । कार्यक्रमको संचालन प्रकाश झा ले गरेका थिए । कम्पनीले धनुषाको ढल्केवरमा पनि पौष २५ गते महिला सशक्तिकरण सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि र महिला समेत ११५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत तथा बजार विभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रम सम्बन्धी प्रशिक्षण दिएका थिए । कम्पनीका उपक्षेत्रीय प्रमुख लाल बहादुर थापा मगरले स्वागत मन्तव्य दिएका छन् । कार्यक्रमको संचालन रोहन घतानीले गरेका थिए । त्यस्तै कम्पनीले पौष २६ गते इटहरीको आईटिसी इन्टरनेशनल ट्रेनिङ सेन्टरमा ४० जना महिलाहरुलाई रोजगारी र आय आर्जन सम्बन्धी तालिम प्रदान गरेको थियो । महिला सौन्दर्य सम्बन्धी क्षेत्रमा कार्यरत महिलाहरुलाई महालक्ष्मी लाईफ विर्तामोड शाखाको सहकार्यमा तालिम प्रदान गरिएको थियो। कमलमान सिंह चौहानले संचालन गरेको कार्यक्रममा पवित्रा वस्नेत र कम्पनीका उपक्षेत्रिय प्रमुख गुज्जन थापाले कार्यक्रमको महत्व बारेमा प्रकाश पारेका थिए ।