आइएमई जनरल इन्स्योरेन्सको ६ महिनामा ९० करोड बीमाशुल्क संकलन
काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सले ६ महिनामा ९० करोड २५ लाख बीमाशुल्क संकलन गरेको जानकारी दिएको छ । कम्पनीको २५औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको बीमाशुल्क संकलन गरेको जानकारी दिएको हो । कम्पनीले २०७७/७८ मा एक अर्ब ७७ करोड १६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरी गत वर्षको दाँजोमा १६।४७ प्रतिशतले बीमा शुल्क वृद्धि गरेको थियो । सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले पानीपोखरीमन दुई तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको जानकार दिएका छन् । निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने उनले बताए । त्यसैगरी, कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ।व। मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी दिएको छ ।
सूर्यज्योति लाइफद्वारा विभिन्न स्थानमा कम्बल तथा न्यानो कपडा वितरण
काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशका विभिन्न स्थानहरुमा कम्बल तथा न्याने कपडा वितरण गरेको छ । बढ़िरहेको जाड़ोलाई मध्यनज़र गर्दै कम्पनीले सूर्यज्योतिको न्यानोपन अभियान संचालन गरी न्याने कपडा वितरण गरेको हाे । कम्पनीले जाडोबाट बच्नको लागी विभिन्न सावधानीका उपायहरु अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा वितरण गरेको छ। सूर्यज्योतिको उक्त कार्यक्रम ललितपुरकाे नेपाल स्नेही काख र सत्प्रयास संस्थामा संचालन गरिएको थियो । यस्तै, कम्पनीले गुल्मिका बौद्धिक/बहिरा- अपाङ्गता भएका विधार्थी, माझिगाँउ बलिथुमका विपन्न परिवार, लक्ष्मिनिया गाउँपालिका, जलेश्वर, लाहान र विरगंजमा पनि कम्बल वितरण कार्यक्रमहरु गरेकाे थियो । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बिच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी ISO 9001:2015 बाट सम्मानित भैसकेको छ । हाल कम्पनीको चु्क्ता पूँजी ४.५४ अर्ब रहको छ । कम्पनीले देशभर १८१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ।
पाँच वर्षमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने गरी काम गरौं : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बिहीबार निर्जीवन बीमकसँग भएको बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले एक अर्काको बीमालेखको नक्कल नगरी नयाँ नयाँ बीमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि कम्पनीहरुलाई निर्देशन दिए । ‘बीमा अभिकर्ता बीमाका बारेमा राम्रोसँग बुझेको, बीमा व्यवसायका बारेमा जानकारी भएको, बीमा कम्पनीका बारेमा थाहा भएको हुनुपर्छ, बीमा अभिकर्ता बीमा कम्पनीले छान्ने भएकाले ती विषयमा कम्पनीहरुले ध्यान दिनुपर्छ, बीमा अभिकर्ताले कम्पनीलाई बजारमा स्थापित गर्न सक्नुपर्छ, कम्पनीहरुले परिमाणभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ,’ उनले भने । हालै भएको बिमान दुर्घटनाको बीमा दाबी भुक्तानीमा समस्या नरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले ठूला जलविद्युत आयोजना लगायत ठूला किसिमका संरचनाहरुको बीमा गराउनका लागि बीमा कम्पनीहरुबाट पनि प्रयास हुनुपर्ने बताए । ‘कम्पनीहरुले आफूले आर्जन गरेको रकमको दुई प्रतिशत कर्मचारीहरुको क्षमता अभिवृद्धिमा खर्च गर्नुपर्याे, त्यसका लागि कर्मचारीहरुले पनि व्यवस्थापनसँग माग गर्नुप¥यो, कर्मचारीहरुको दक्षतालाई सूचना प्रविधिमा आवद्ध गरी विकसित गर्नुपर्याे,’ उनले भने । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐनमा व्यवस्था भए बमोजिम एक बीमक, एक बीमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बीमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको जानकारी दिए । यस्तै, नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले प्राधिकरणले आफ्ना काम कारवाहीलाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएको बताए । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमा कम्पनीले बीमा अभिकर्तालाई कामबाट अगल गर्दा निजसँग लेनदेन बाँकी नरहेको प्रमाणपत्र दिनुपर्ने र बीमा अभिकर्ताले बीमा कम्पनीमा प्रवेश गर्दा विगतमा अन्य कम्पनीमा काम गर्दा लेनदेन बाँकी भए आफैले बुझाउने कबुलियतनामा गरेको हुनुपर्ने स्पष्ट गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले बीमा अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट संचालनमा ल्याउन लागिएको अनलाइन प्रणालीका बारेमा प्रस्तुती गर्नुहुुँदै बीमा कम्पनीहरुमा बीमा अभिकर्ता नदोहोरिने गरी छनौट गर्नका लागि प्राधिकरणको अनलाइन प्रणालीमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (पान) इन्ट्री गर्नुपर्ने प्रावधान राख्न लागिएको जानकारी दिए । कार्यक्रममा निर्जीवन बीमा कम्पनीहरूका बीमा अभिकर्ता शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।