नेशनल इन्स्योरेन्सको खुद बीमा शुल्क ४० प्रतिशत बढ्यो, नाफा २० करोड रुपैयाँ
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९÷८०को चौथो त्रैमासमा २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ५६ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ४० प्रतिशत बढेर ६४ करोड ३ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ६ं५ लाख ८६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २६ प्रतिशत बढेर ७५ करोड ४४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ७८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको चुक्ता पूँजी १ अर्ब ८ करोड १९ लाख रुपैयाँ र बीमा कोष ९.३४ प्रतिशत बढेर १ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन १२.४६ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९० करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
एशियन लाइफको दाबी भुक्तानीमा ८०.७६ प्रतिशत छलाङ, जीवन बीमा कोषमा ३७ अर्ब पुग्यो
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७९÷८० को चौथो त्रैमासमा खुद दाबी भुक्तानी ८०.७६ प्रतिशत बढेर २ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको जीवन बीमा कोष झण्डै ३७ अर्ब रुपैयाँ पुगेको छ । गत असारसम्म कम्पनीको जीवन बीमा कोषको आकार १६.८० प्रतिशत बढेर ३६ अर्ब ९० करोड ५५ लाख रुपैयाँ पुगेको छ । अघिल्लमे वर्षको सोही अवधिमा ३१ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ रहेको थियो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क १ प्रतिशत बढेर ६ अर्ब ८४ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वषृको सोही अवधिमा कम्पनीले ६ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको नाफा भने सामान्य घटेको छ । कम्पनीको खुद नाफा १६ प्रतिशत घटेर २४ करोड ६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २९ करोड १५ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । असारसम्म कम्पनीको चुक्ता पूँजी २४.२३ प्रतिशत बढेर ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ र जगेडा कोष ५७.८३ प्रतिशत घटेर २९ करोड १३ लाख रुपैयाँ छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.६१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ११४.८२ रुपैयाँ रहेको छ ।
आईएमई ग्रुपले छाड्यो नेपाल इन्स्योरेन्स, एशियन लाइफले किन्यो साढे ५८ करोडको सेयर
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएको छ । आईएमई समूहका तीन कम्पनीले २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर बेचेका छन् । आईएमई लिमिटेड, आईएमई इन्भेष्टमेन्ट र आईएमई होल्डिङ प्रालि गरी तीन कम्पनीको नाममा रहेको उक्त सेयर गत असार २४ गते बिक्रीमा राखिएको थियो । स्रोतका अनुसार उक्त सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको छ । आईएमई समूहले प्रतिकित्ता न्युनतम ३२५ रुपैयाँ मूल्य राखी बढाबढ मूल्यमा सेयर बिक्री खुला गरेको थियो । उक्त सेयरका लागि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ३६६ रुपैयाँमा टेण्डर पारेको हो । ५८ करोड ४५ लाख ६१ हजार ४०० रुपैयाँमा उक्त सेयर किनबेच भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । सनी सेक्युरिटीजमार्फत उक्त सेयर बिक्री भएको छ भने डाइनामिक मनि मार्केट सेक्युरिटीजबाट सेयर किनिएको छ । उक्त सेयर आईतबार नेप्सेमा कारोबार भएको हो । बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा सेयर क्रसहोल्डिङ हटाउन दवाब दिँदै आएको थियो । सोही क्रममा आईएमई समूहले प्रवर्द्धन गरेको आईजीआई र नेपाल इन्स्योरेन्सबीच मर्जरको प्रयास पनि भएको थियो । अन्तिममा आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएपछि आईएमई ग्रुपले नेपाल इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको थियो ।