आइजिआई प्रुडेन्सियलले ५२ प्रतिशत बढायो नाफा, अन्य सूचक कस्ता छन् ?
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २६ करोड १० लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनील १७ करोड १२ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५२ प्रतिशत नाफा बढाएको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ३२ प्रतिशत बढेर ८५ करोड ६७ लाख ३ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ७४ लाख ८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ४३ करोड ३६ लाख ५७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड ४९ लाख ३६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ, जगेडा कोष ५६ करोड ८३ लाख रुपैयाँ र बीमा कोष १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२.८५ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६५.१२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.५८ गुणा रहेको छ ।
नाफामा १८५ प्रतिशत छलाङ् मारेको हिमालयन एभरेष्टको ईपीएस १७.४१ रुपैयाँ
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड ६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १८५ प्रतिशत नाफा बढाएको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ३८ प्रतिशत बढेर १ अर्ब १७ करोड ७५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८५ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ३ प्रतिशत बढेर ६० करोड १५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४.९५ प्रतिशत घटेर २ अर्ब ३० करोड रुपैयाँ, जगेडा कोष ६४ प्रतिशत बढेर ६९ करोड ८ लाख रुपैयाँ र बीमा कोष १२.८४ प्रतिशत बढेर १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७.४१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७१.०५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.४७ गुणा रहेको छ ।
आइएमई लाइफको जगेडा कोष २४९ प्रतिशत बढ्यो, नाफा २४ करोड रुपैयाँ
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २४ करोड ८ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८७ प्रतिशत नाफा बढाएको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क १६.४८ प्रतिशत बढेर ४ अर्ब १ करोड ६५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी २१.७४ प्रतिशत बढेर १ अर्ब ६ करोड ७६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८७ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८५.७१ प्रतिशत बढेर ४ अर्ब रुपैयाँ, जगेडा कोष २४९.३६ प्रतिशत बढेर २ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ र जीवन बीमा कोष ४३.२५ प्रतिशत बढेर ६ अर्ब ७५ करोड १५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६.०२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१.०५ रुपैयाँ रहेको छ ।