हिमालयन रिले ६ अर्बको आईपीओ ल्याउँदै, प्रतिकित्ता कति ?

काठमाडौं । नेपालको दोश्रो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले पनि आईपीओ ल्याउने तयारी गरेको छ । इन्स्योरेन्सले प्रिमियम मूल्यमा कूल ३ करोड कित्ता बराबरको आईपीओ ल्याउन लागेको हो । जसको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति समेत मागिसकेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप १०८ रुपैयाँ प्रिमियम थपेर कूल ३ करोड कित्ता सेयर ६ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २०८ रुपैयाँमा सेयर निष्काशन गर्ने छ । आईपीओ निष्काशनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने, बुक क्लोज कहिले ?

काठमाडौं । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिएसँगै इन्स्योरेन्सले चुक्ता पुँजीको २५ प्रतिशतसम्म हकप्रद जारी गर्ने भएको हो । प्राधिकरणले इन्स्योरेन्सलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न चुक्ता पुँजीको सो मात्राको हकप्रद सेयर जारी गर्न भदौ २९ गते स्वीकृति दिएको हो । उक्त स्वीकृति अनुसार भदौ ३१ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर पारित गर्न आगामी असोज १९ गते विशेष साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी असोज १० गते एक दिन बुक क्लोज गर्ने समेत जानकारी गराएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब एक करोड २३ लाख रुपैयाँ छ । प्रस्तावित २५ प्रतिशत हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ क करोड रुपैयाँ नाघ्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीको तुलनामा बढी हो ।

मेटलाइफ नेपालले ल्यायो नयाँ मोबाइल एप, स्वास्थ्य सुविधासँगै बीमाका सबै सेवा एपबाट

काठमाडौं । मेटलाइफ नेपालले डिजिटलमाध्यमद्वारा स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरू एकै प्लेटफर्ममा संयोजन गरी देशमै पहिलो किसिमको मोबाइल एप वान बाई मेटलाइफ सार्वजनिक गरेको छ । एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठद्वारा काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममार्फत गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मेटलाइफ एसियाका बङ्गलादेश, मलेसिया, नेपाल र भियतनामकी प्रमुख एलेना बुटारोभा, एसिया प्रमुख माकेटिङ्ग अधिकृत सञ्जीव कपुर, एसिया वितरण प्रमुख योङ्ग हो हान, एसिया प्रमुख सोलुसन्स् डेलिभरी कोक चोए वङ्ग तथा एसिया एजेन्सी प्रमुख मारवान माटरको उपस्थिति रहेको थियो । एपले बीमा पोलिसीहरुलाई थप पहुँचयोग्य, व्यवस्थित र पारदर्शी बनाउनुका साथै प्रयोगकर्ताहरूलाई उनीहरूको वित्तीय भविष्यमा नियन्त्रण राख्न अझ सशक्त बनाउने कम्पनीले जनाएको छ । मेटलाइफका ग्राहकहरु आजैदेखि एपमा दर्ता भई आफ्नो बीमा पोलिसीका बारेमा सूचनाहरू प्राप्त गर्न, मेटलाईफका विभिन्न बीमा सुविधा तथा सेवाहरूका बारेमा खोजी गर्न, बीमा सुविधाका प्रिमियम गणना गर्न, एजेन्टहरूलाई सम्पर्क गर्न र थप जानकारीका लागि कम्पनीसँग जोडिन सक्छन् । एपमा रहेको ३६०हेल्थ सुविधाले स्वास्थ्य सेवा समाधानहरूलाई डिजिटल बीमा सेवाहरूसँग सहज रूपमा एकीकृत गरेको छ । ३६०हेल्थ प्रयोगकर्ताहरूलाई उनीहरूको स्वास्थ्य र स्वकल्याणका लागि मद्दत गर्न र सोको सक्रिय रूपमा प्रबन्ध गर्न मिलोस् भनी सिर्जना गरिएको बताइएको छ ।  यसको अर्को उद्देश्य भनेको प्रयोगकर्ताहरू लामो समयसम्म स्वस्थ रहन सकुन् भन्ने पनि हो । नेपालमा एक चौथाइ जनसङ्ख्या उच्च रक्तचापबाट पीडित छन् र क्यान्सर, हृदय रोग र पक्षाघात जस्ता गम्भीर रोगहरू मृत्युको प्रमुख कारणहरू हुन् ।