एनएलजी इन्स्योरेन्सले पायो ए माइनस रेटिङ

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ए माइनस रेटिङ प्राप्त गरेको छ । रेटिङ कम्पनी इक्रा नेपालले इन्स्योरेन्स कम्पनीलाई ए माइनस रेटिङ प्रदान गरेको हो । वित्तीय दायित्वका आधारमा इक्रा नेपालले एनएलजी इन्स्योरेन्सलाई (इक्राएनपी आइआर) ए माइनस रेटिङ प्रदान गरेको हो । जसले वित्तीय दायित्वको समयमै पुरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुले कम जोखिम बहन गर्दछन् ।

एनआईएमबीको ‘एक खाता, एक विरुवा’ अन्तर्गत वृक्षारोपण सुरु

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सञ्चालन गरेको ‘एक खाता, एक विरुवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ । जसअनुसार बैंकले प्रत्येक एनआईएमबी ग्रीन फ्युचर सेभिङ अकान्उन्ट  खाता खोल्ने ग्राहकको नाममा एक विरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ ।  बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका वडा नम्बर २ मा ५०० वटा विरुवा रोपी यस अभियानको सुरुवात गरेको हो । वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतम, टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडाका जनप्रतिनिधीहरु, महिला स्वयंसेविकाहरु तथा सशस्त्र प्रहरी निरीक्षक सन्तोश केसीलगायतको उपस्थिति थियो । खाताको मुख्य उद्देश्य ग्राहकवर्गहरुलाई भविष्यका लागि बचत गर्न प्रत्साहित गर्नुका साथसाथै वातावरण संरक्षणमा पनि योगदान पु¥याउनु रहेको बैंकले जनाएको छ ।

सलिकोले आयोजना गर्यो बीमा सचेतना कार्यक्रम

काठमाडौं । सलिकोले बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । सलिकोले सोमबार खोटाङ्ग जिल्लाको दिक्तेल स्थित जिल्ला पशुसेवा कार्यालय रुपाकोट मजुवागडि न.पा. १ मा स्थानीय स्तरमा बीमाको पहुँच विस्तार गर्न तथा बीमाको औचित्य सम्बन्धमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ बीमा सचेतना कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रममा यस कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतम, दिक्तेल शाखा प्रमुख बाबुराम आचार्य, गाईघाट शाखा प्रमुख डि.बि. कटवाल लगायत जिल्लाका पशु प्राबिधिक, भेटनरी, स्थानीय जनप्रतिनिधि, कृषक तथा स्थानीय भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो भने यस कार्यक्रमले आगामी दिनहरुमा स्थानीय जनताहरुले बीमाको आवश्यकता र महत्वलाई महसुश गर्दै बीमामा सहभागि हुने अपेक्षा गरिएको छ । साथै, कार्यक्रममा सहभागिहरुले बीमा सचेतना कार्यक्रम संचालन गरेकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।