अधिकांश वाणिज्य बैंकको ईपीएस बढ्यो, कुनको कति ? (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्षमा अधिकांश वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । १२ वटा वाणिज्य बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार अधिकांश बैंकको ईपीएस बढेको पाइएको हो । आर्थिक वर्ष २०७७/७८ को तुलनामा १२ वटा बैंकमध्ये ९ वटाको ईपीएस बढेको छ भने ३ वटाको घटेको छ । समीक्षा अवधिमा सानिमा, सिटिजन्स र लक्ष्मी बैंक बाहेक अन्य बैंकहरुको ईपीएस बढेको छ । ईपीएस बढाउने बैंकहरुमा एनआईसी एशिया, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई, सनराइज, माछापुच्छ्रे, प्रभु र एनसीसी रहेका छन् । यी मध्ये सबैभन्दा बढी इपीएस एनआईसी एशिया बैंकको छ । अघिल्लो आर्थिक वर्षमा २८.१८ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी गत आवमा ३९.१३ रुपैयाँ पुगेको छ । बैंकले आघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश खुवाएको छैन । त्यस्तै, बढी ईपीएस हुनेको दोश्रोमा एभरेष्ट रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १९.९१ रुपैयाँबाट बढेर २७.०१ रुपैयाँ पुगेको छ । त्यसैगरी, २० रुपैयाँभन्दा बढी प्रतिसेयर आम्दानी हुनेमा स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई, सनराइज, माछापुच्छ्रे र सानिमा बैंक रहेको छ । प्रभुको १९.५२, एनसीसीको १८.१५, सिटिजन्सको १५.८५ र लक्ष्मीको प्रतिसेयर आम्दानी १३.८८ रुपैयाँ रहेको छ । कुन बैंकको कति ? के हो ईपीएस ? प्रतिसेयर आम्दानी (ईपीएस) लगानीकर्तालाई प्रतिफल दिने आधार हो । लगानीकर्ताले कम्पनीको ईपीएसकै आधारमा पनि लगानी गर्ने गरेका छन् । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफल नै प्रति सेयर आम्दानी हो । प्रति सेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पूँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय विवरणमा राख्छ । कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ भन्ने आधारमा लगानी गर्ने अभ्यास छ । तर, ईपीएस नै लगानीका लागि सबैथोक हुन सक्दैन । कतिपय थोरै ईपीएस भएका कम्पनीको सेयर मूल्य धेरै पनि छ ।

एभरेष्ट बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो, निष्कृय कर्जा ०.२४ प्रतिशतमा सीमित

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४३.८४ प्रतिशत बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको असार मसान्तसम्मको विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ५४ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको हो । जुन आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७७ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ५४ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी पनि ३ अर्ब ९५ करोडबाट बढेर ५ अर्ब ४२ करोड रुपैयाँ नाघेको छ । नाफाबढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १९.९१ रुपैयाँ रहेको यस्तो आम्दानी गत वर्ष २७.०१ रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २४०.७३ रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलन ७.५ प्रतिशतले वृद्धि गरी १ खर्ब ७२ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा लगानी १४.१७ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, सीडी रेसियो ८६.०४ प्रतिशित रहेको छ भने निष्कृय कर्जा ०.२४ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंकले तलबी खातामा रहेको दुर्घटना बीमा वापत दियो ७ लाख 

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधा अन्तर्गत ग्राहकलाई ७ लाख रुपैयाँको बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका माकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत रकम भुक्तानी गरेको हो । ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिबारलाई हस्तान्तरण गरेको हो । माछापुच्छ्रे बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई ७ लाखसम्मको दुर्घटना बीमा, १ लाख बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, ४० हजारसम्मको अस्पताल भर्ना खर्च र १० हजारसम्मको औषधी खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेव प्रदान गर्दै आइरहेको ।