काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा संचालनमा

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल शाखा विस्तार गर्ने क्रममा तीन स्थानमा शाखाहरु संचालनमा ल्याएको छ । बैंकले भक्तपुरको सूर्यविनायक, धुम्बराही र ललितपुरको थसिखेलमा शाखाहरु संचालनमा ल्याएको हो । यससँगै बैंकको काठमाडौं उपत्यकाभित्र यस बैंकको शाखा संख्या ३५ पुगेको छ । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल शाखा विस्तार गर्ने क्रममा तीन स्थानमा शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकले भक्तपुरको सूर्यविनायक, धुम्बराही र ललितपुरको थसिखेलमा शाखाहरु संचालनमा ल्याएको हो । यससँगै बैंकको काठमाडौं उपत्यकाभित्र यस बैंकको शाखा संख्या ३५ पुगेको छ ।

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्योउने लक्ष्य बैंकले राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३१ वटा ए।टि।एम। र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News