मुक्तिनाथ विकास बैंकद्धारा विश्व हिन्दु महासङ्घ संस्थालाई सहयोग

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत  पुस्तक प्रकाशनका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले विश्व हिन्दु महासङ्घ जिल्ला शाखा, स्याङजाले प्रकाशन गर्ने &#8216;वैदिक सभ्यता&#8217; नामक पुस्तकको प्रकाशनका लागि उक्त रकम सहयोग गरेको हो । यस सहयोगबाट संस्थाले धर्म तथा संस्कृति संरक्षणका लागि गर्ने कार्यमा सहयोग पुग्ने बैंकले जनाएको छ । उक्त कार्यक्रममा [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत  पुस्तक प्रकाशनका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले विश्व हिन्दु महासङ्घ जिल्ला शाखा, स्याङजाले प्रकाशन गर्ने ‘वैदिक सभ्यता’ नामक पुस्तकको प्रकाशनका लागि उक्त रकम सहयोग गरेको हो ।

यस सहयोगबाट संस्थाले धर्म तथा संस्कृति संरक्षणका लागि गर्ने कार्यमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट उप क्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्ले, अन्य आधिकारिक सदस्यहरु, वालिङ नगरपालिकाका नगर उप–प्रमुख कविता तिवारी र विश्व हिन्दु महासङ्घ जिल्ला शाखा, स्याङजाका अध्यक्ष, उपाध्यक्ष लगायत सम्पुर्ण कार्यसमितिहरु र अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट

नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Share News