एभरेष्ट बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो, निष्कृय कर्जा ०.२४ प्रतिशतमा सीमित

<p>काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४३.८४ प्रतिशत बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको असार मसान्तसम्मको विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ५४ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको हो । जुन आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७७ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा र खुद ब्याज [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४३.८४ प्रतिशत बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको असार मसान्तसम्मको विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ५४ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको हो ।

जुन आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७७ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ५४ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी पनि ३ अर्ब ९५ करोडबाट बढेर ५ अर्ब ४२ करोड रुपैयाँ नाघेको छ ।

नाफाबढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १९.९१ रुपैयाँ रहेको यस्तो आम्दानी गत वर्ष २७.०१ रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २४०.७३ रुपैयाँ छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलन ७.५ प्रतिशतले वृद्धि गरी १ खर्ब ७२ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा लगानी १४.१७ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, सीडी रेसियो ८६.०४ प्रतिशित रहेको छ भने निष्कृय कर्जा ०.२४ प्रतिशत रहेको छ ।

Share News