साढे १० करोड रुपैयाँमा जग्गा बेच्दै राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले साढे १० करोड रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने भएको छ । बैंकले मुख्य शाखा कार्यालय काठमाण्डौंको नाममा रहेको उक्त जग्गा बिक्री गर्ने भएको हो । गैह्र बैंकिङ्ग सम्पती शिर्षक अन्तर्गत रहेको उक्त जग्गा (सम्पत्ति) लिलाम बिक्री गर्न १५ दिने शिलबन्दी बोलपत्र आव्हान गरेको छ । बैंकले काठमाडौं महानगरपालिका १३ मा ८३४ बर्गमिटरमा रहेको २४८ कित्ता नम्बरको जग्गा बिक्री गर्ने भएको हो । बैंकले उक्त जग्गा १० करोड ३५ लाख रुपैयाँमा बिक्री गर्ने भएको हो । सो जग्गा गोप्य सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरिने हुँदा खरिद गर्न ईच्छकले सूचना प्रकाशित भएको १५ दिनभित्र मुख्य शाखा कार्यालय काठमाण्डौंमा सम्पर्क गर्न बैंकले भनेको छ ।
सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन इन्टरनेट निःशुल्क
काठमाडौं । सानिमा बैंकले आफना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनेछन् । मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउनेछन् । यो योजना साउन १६ (सोमबार) देखि लागू भएको छ । सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् ।
कामना सेवा बैंकका ग्राहकलाई सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीका होटलहरुमा छुट
काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता सम्पन्न भएको छ । अब बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुको सेवा सुविधाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुविधा सजिलै प्राप्त गर्न सकिने बैंकले जमनकारी दिएको छ । यस सम्झौताबाट ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको जनाएको छ ।