एनएमबि बैंकको एटिएम त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा 

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले पर्यटन प्रवद्र्घनलाई सहयोग पुर्याउने उद्धेश्यले एटिएम सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले यसअघि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

दुई सातामै ९१ अर्बले घट्यो बैंकहरुको निक्षेप, बढ्यो सीडी रेसियो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप दुई सातामै ९१ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार असारको अन्तिम साताको तुलनामा साउनको दोश्रो सातामै ९१ अर्ब रुपैयाँले निक्षेप घटेको हो । गत असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप साउनको दोश्रो सातामा घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो साताको तुलनामा २८ अर्ब रुपैयाँले कम हो । साउनको पहिलो सातामा बैंकहरुमा यस्तो रकम ४४ खर्ब ७८ अर्ब रुपैयाँ थियो । निक्षेपसँगै बैंकहरुको कर्जा लगानी पनि घटेको छ । दुई सातामै बैंकको कर्जा लगानी ११ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले साउन दोश्रो सातामा ४१ खर्ब ६४ अर्ब रुपैयाँमा सीमित भएको छ । जुन साउनको पहिलो सातामा ४१ खर्ब ६५ अर्ब रुपैयाँ थियो । त्यस्तै, समीक्षा अवधिमा सीडी रेसियो बढेर ८७.९८ प्रतिशत पुगेको छ । जुन साउनको पहिलो सातामा ८७.७५ प्रतिशत थियो भने असार मसान्तमा ८६.४१ प्रतिशत थियो ।

सनराइज बैंकले सुरु गर्यो नेपालपे क्युआरको सेवा

काठमाडौं । सनराइज बैंकले नेसनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्ग एप सन्राइज स्मार्टमा एकीकृत गरेको छ । सोमबार एक कार्यक्रम बिच बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेस मानसिंह प्रधानले संयुक्त रुपमा यो सेवाको शुभारम्भ गरे । योसँगैं, सनराइज बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी नेपालपे क्युआर र्मचेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै, सनराइज बैंकमार्फत क्युअर भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यावसायी हरु नेपाल पे कयुआर स्टयाण्डी प्राप्त गर्न पनि सक्नेछन्। सनराइज बैंकले १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।