प्राइम कमर्सियल बैंकले ल्यायो १० गुणा रकम बढ्ने तीन मुद्दती खाताहरु

<p>काठमाडाैं । प्राइम कमर्सियल बैंकले तीन वटा मुद्दती खाता संचालनमा ल्याएकाे छ । बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि (संस्थागत) मुद्दती खाता सञ्चालनमा ल्याएको हाे । प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका [&hellip;]</p>

काठमाडाैं । प्राइम कमर्सियल बैंकले तीन वटा मुद्दती खाता संचालनमा ल्याएकाे छ । बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि (संस्थागत) मुद्दती खाता सञ्चालनमा ल्याएको हाे ।

प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरुका लागि लक्षित गरि सञ्चालनमा ल्याइएकाे बैंकले जनाएकाे छ ।

बैंकका अनुसार ग्राहकहरुले यी मुद्दती खाताहरुमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी रकम पाउनेछन् ।

प्राइम धनवृद्धि मुद्दती खाता र प्राइम धनवृद्धि रेमिट मुद्दती खाताका निक्षेपकर्ताहरुले १८ घातक रोगकाविरुद्ध बीमा १० लाख, दुर्घटना बीमामा १० लाख र १ लाखसम्मकाे स्वास्थ्य बीमाप्राप्त गर्न सक्नेछन । यस्तै, ग्राहकले आवश्यकता अनुसार ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएकाे छ ।

Share News