चुनावमा बैंकहरु खुला हुन्छन् कि बन्द ?

काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि भन्दै सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक संघ संस्थाहरु र निजी कम्पनीलाई पनि दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । योसँगै अतिआवश्यक सेवाको रुपमा लिइएको बैंक तथा वित्तीय संस्था बन्द हुन्छ वा खुला हुन्छ भन्ने विषयमा सर्वसाधरणको चासो बढेको छ । विकासन्युजलाई प्राप्त सूचना अनुसार मंसिर ४ गते निर्वाचनको दिन बैंक तथा वित्तीय संस्था पुर्ण रुपमा बन्द हुने छन् भने अन्य दिन खुला रहनेछन् । अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाले सूचनाहरु जारी गर्दै खुला रहने र बन्द रहने शाखा तथा काउन्टरहरु सार्वजनिक गरिरहेका छन् ।  बिहीबार हिमालयन बैंकले सूचना जारी गर्दै मंसिर ४ र ५ गते पूर्ण रुपमा सबै शाखाहरु बन्द रहने जनाएको छ । सो बैंकले ठमेल, न्युरोड र पाटन शाखाहरुमा संचालिन विदाको काउन्टरहरु पनि बन्द रहने बताएको छ । अन्य बैंकहरुले पनि मंसिर ४ र ५ गते कतिपय काउन्टरहरु बन्द रहने जनाएका छन् तर अधिकांश बैंकहरु भने ४ गते पुर्ण रुपमा बन्द गरेर ५ गते आंशिक रुपमा खुल्ने तयारीमा छन् । यस विषयमा वाणिज्य बैंकको छाता संस्था नेपाल बैंकर्स संघले भने कुनै निर्णय गरेको छैन । बैंकहरुले सरकारको निर्णय अनुसार बैंक खोल्ने/बन्द गर्ने निर्णय गर्न सक्नेछन् ।

एनएमबि बैंकले बचत खातामै ९.१३ प्रतिशत ब्याज दिने

काठमाडौं । एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा ९.१३३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यो खाता विशेष गरेर ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई लक्षित गरेर बनाइएको बैंकले जनाएको छ । ९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले हुन्डाईको विद्युतिय गाडी किन्न सस्तोमा कर्जा दिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार बैंकमा आयोजित एक कार्यक्रममा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सहज रुपमा कर्जा प्रवाह गर्नेछ । आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने जनाएकाे छ । बैंककाे अनुसार यो सुविधा ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ । ग्लोबल आइएमई बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।