गरिमा विकास बैंक १६ औं वर्षमा प्रवेश, सुरु गर्यो क्रेडिट कार्ड सेवा

काठमाडौं । गरिमा विकास बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकले १५औं वर्षमा प्रवेश गरेको अवसरमा क्रेडिट कार्ड सेवा सुरु गरेको हो । यसका साथै बैंकले देशभरको कार्यलयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रम बैंकले लाजिम्पाट, कोहलपुर, बेनी, बुटवल, वालिङ, पोखरा, नारायणगढ, मलंगवा र चन्द्रगढीमा रहेका कार्यालहरुमा आयोजना गरेको थियो । उक्त कार्यक्रम मार्फत बैंकले कूल ६१३ युनिट रगत संकलन भएको थियो । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । यस विकास बैंकले हाल ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस बैंकले करिब ७ लाख ग्राहकहरुलाई सेवा पुर्याइरहेको छ ।    

पौने ३ अर्ब कर बुझाएर वित्तीय संस्थामा उत्कृष्ट करदाता बन्यो नबिल बैंक

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंककाे रुपमा नबिललाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ । विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रहण गरेका छन् । बैंकले उक्त आर्थिक वर्षमा दुई अर्ब ७९ करोड रुपैयाँ कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो साताैं पटक हो । नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको बताउँदै सीईओ ढुंगानाले वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पुर्याउन पाउँदा खुसी लागेको बताए । नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले २०७७/७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको तत्कालीन कुल पूँजीको १ दशमलव ३२ गुणा रकम हो । नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म नगद लाभांश १४ अर्ब ४५ करोड रुपैया तथा १८ अर्ब ८ करोड बराबरको बोनश सेयर वितरण गरिसकेको छ ।  

नेप्सेमा ग्लोबल आइएमई बैंकको सेयर मूल्य समायोजन, कति छ समायोजित मूल्य ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन गरेको हो । नेप्सेले प्रतिकित्ता २४४ रूपैयाँ ८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । ग्लोबल आइएमई र बैंक अफ काठमान्डू एक आपसमा मर्जर प्रक्रियामा रहेको गत असार २ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । त्यसैले नेप्सेले असार १ गतेको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । असार १ गते बैंकको सेयर प्रतिकित्ता २५१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो । बैंकले मंसिर २३ गते शुक्रबार १६ औँ वार्षिक साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे बोलाएको छ । बैंकको साभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद गरी कूल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र पारित गर्ने र डीडीए रिपोर्टमा आएको १ः१ को स्वाप रेसिया पारित गर्नेछ ।