१२ कार्यक्रमहरु सहित सिभिल बैंकले बाह्रौं वार्षिकोत्सव मनायो
काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरीे आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप सिभिल बैंकले सफा टेम्पूहरुको भाडा क्यू आर कोड मार्फत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ । जसमध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन समारोह बैंकले आफ्नो वाह्रौं वार्षिकोत्सवको दिनमा गरेको छ । वार्षिकोत्सवको लगत्तै पछी नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल ६ स्थानहरुका ट्याम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गरीने कुरा बैंकले जनाएको छ । जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अभियानको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्धिको पथमा डोर्याउने बताएका थिए । नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगद रहित अभियान अपरीहार्य कुरा भएको नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताए । उक्त समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे, संचालकहरु अम्बीर बोगटी, प्रकाश तायल, युगेश बहादुर मल्ल, शम्भू प्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, विभिन्न टेम्पू यातायात व्यवसायी संघका प्रतिनिधिहरु, फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पू व्यवसायीहरु तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । त्यस्तै, बैंकले जावलाखेल शाखामा प्रायोरीटी बैंकिङ सेवाको उद्घाटन, याङ्वरक शाखामा एटिएम सेवाप्रारम्भ, देशभरीका ३६ स्थानमा रक्तदान कार्यक्रम, जेहन्दार छात्रालाई छात्रवृतिकार्यक्रमहरु र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको छ । त्यस्तै कार्तिक नाँचलाई आर्थिक सहयोग, नेपालबाल संगठनलाई आर्थिक सहयोग, निःसहाय सहयोग परिषदलाई आर्थिक सहयोग, राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग, अपाङ्गता संरक्षण नेपाललाई आर्थिक सहयोग र बेगनाशतालमा लाईफ ज्याकेट हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ९५.२३ अर्व निक्षेप संकलन गरी करिब ८७.४० अर्व ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष/१० वर्षदेखि अनवरत सेवा प्रदान गरेका बैंकका कर्मचारीहरुलाई अभिनन्दन गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा ४१.५१ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
आगामी साता मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साता चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाका लागि तयारी गरिरहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी साता मौद्रिक नीतिको समीक्षा हुने बताएका हुन् । शुक्रबार इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजको ४४ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । नेपाल राष्ट्र बैंकले साउन ६ गते चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
मुक्तिनाथ विकास बैंकले कफी मेसिन किन्न विना धितो ऋण दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंक र पुतलिसडक स्थित कफी सोलुसनबीच सम्झौत भएको छ । बैंक र कफी सोलुसनबीच कफी व्यवसाय संचालन गर्न चाहने व्यक्तिहरुलाई व्यवसायीक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता अनुसार कफी सोलुसनले व्यक्तिहरु छनोट गरी तालिम प्रदान गरेपछि सशुल्क कफी मेसिन उपलब्ध गराउनेछ जसमा बैंकले कफी मेसिन किन्नको लागि ५० प्रतिशत सम्मको लागत विना धितो ऋण स्वरुप उपलब्ध गराउनेछ । ऋण लिएर व्यवसाय सुरु गरि त्यही व्यवसायबाट आर्जन गरेको रकमले व्यवसायीले बैंकलाई मासिक रुपमा किस्ता तिर्न मिल्ने व्यवस्था गरेको छ । यस समझौताबाट साना वर्गका व्यवसायीहरुको दैनिक जिविकोपार्जन हुनुको साथै स्वःरोजगार श्रृजनामा सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए । मुक्तिनाथ विकास बैंकले लघुवित्त कार्यक्रम मार्फत शहर तथा ग्रामिण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी व्यक्तीहरुलाई प्राथमिकतामा राखि घरघरमा कर्जा वचतको कारोबार गर्दै उद्यमशिलता विकासमा योगदान दिँदै आएको छ । कफी सोलुसनले कफीको गेडा छान्ने, पिध्ने, प्याकिङ्ग गर्ने, कफिजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने,आयात सम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जिविकोपार्जनमा कठिन भएका व्यक्तिहरुलाई कफी व्य वसाय सम्बन्धी तालिम दिई व्यवसायी बनाउँदै आएको छ ।