मौद्रिक नीतिको समीक्षा गर्न बैठक बस्दै राष्ट्र बैंकको बोर्ड
काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्न नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दै छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार उक्त बोर्ड बैठक आइतबार कार्यालय समय पश्चात बस्न लागेको हो । बैठकलगत्तै उक्त मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक हुने जनाइएको छ । राष्ट्र बैंकले ष्त साउन ६ गते चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
सिटिजन्स बैंकको जुम्ला शाखा नयाँ स्थानमा
काठमाडौं । सिटिजन्स बैंकले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा संचालनमा ल्याएको छ । हाल जुम्लामा सञ्चालनमा रहेको यस बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई एक सय मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा सिटिजन्स बैंकले ९ वटा शाखा कार्यालयहरु मार्फत वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ । यस शाखा मार्फत सम्पूर्ण बैकिंङ सेवाका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकले राखेको छ ।
नेपाल बैंकको चौराहा शाखा सञ्चालनमा
काठमाडौं । नेपाल बैंकले बुटवलको चौराहामा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल बैक संचालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका खेलराज पाण्डेयले संयूक्त रुपमा उक्तशाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा ज्ञवालीले प्रतिष्पर्धात्मक बैंकिङ बजारमा चूस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखाविस्तारलाई जोड दिएको बताए । नगर प्रमूख खेलराजपाडेले नाफामात्रै नहेरी व्यवसायीहरुलाई समस्यामा नपर्ने गरी सहयात्रीको रुपमा बैंकले काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बैंकका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले शाखा विस्तारले बुटवलको विकासमा सहयोग पूग्ने र बैंकको नाफा देश विकासकै लागि खर्च हुने भएकाले पनि सरकारी बैंकसंग कारोबार गर्न उपयुक्त हुने बताए ।