एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु

काठमाडौं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ । शुक्रबार क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले सो अभियानको सुरुवात गरेका हुन् । यस अभियानकाे पहिलाे चरण अन्तर्गत मनकामना मन्दिर परिसरमा पुजा सामाग्री, फलफुल, रेस्टुरेन्ट लगायत अरु व्यवासयको भुक्तानी साथै मन्दिरमा भेटी दान समेत अब विद्युतीय माध्यमबाट नै गर्न सकिने भएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

बिजनेस विस्तारमा आक्रामक बन्यो राष्ट्रिय वाणिज्य बैंक, एक महिनामा कुनको कति ?

काठमाडौं । पछिल्लो एक महिनामा राष्ट्रिय वाणिज्य बैंक आक्रामक बनेको छ । बैंक अन्य कम्पनीको तुलनामा बिजनेस विस्तारमा आक्रामक देखिएको हो । गत कार्त्तिकको तुलनामा मंसिरमा बैंकले १०.०५ प्रतिशतले आफ्नो लगानी विस्तार गरेको छ । कार्त्तिकमा २ खर्ब ६७ लाख रुपैयाँ आर्जन गरेको बैंक मंसिरमा २ खर्ब ७७ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गर्न सफल भएको छ । त्यस्तै, समीक्षा अवधिमा ६ वाणिज्य बैंकको निक्षेप संकलनमा कमी आएको छ भने बाँकी कम्पनीको बढेको छ । नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार समीक्षा अवधिमा एनआईसी एशिया, कुमारी, मेगा, नेपाल एसबिआई, एनसीसी र सेञ्चुरी बैंकको निक्षेप संकलन घटेको छ । यता कर्जा लगानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक बैंक आक्रामक देखिएको छ । बैंकले समीक्षा अवधिमा १.९४ प्रतिशतले कर्जा लगानी बढाएर ९१ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ । वाणिज्य बैंकमध्ये अन्य १० कम्पनीको पनि कर्जा लगानीमा भने गिरावट देखिएको छ । एनआईसी एशिया, ग्लोबल आईएमई, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, मेगा, माछापुच्छ्रे, सनराइज, बैंक अफ काठमाण्डू, सिभिल र सेञ्चुरी बैंकले पछिल्लो एक महिनामा कर्जा लगानी घटाएका छन् । समीक्षा अवधिमा विभिन्न वाणिज्य बैंकले ४६ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् भने ४२ खर्ब २६ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन अघिल्लो महिना अर्थात कार्त्तिकको तुलनामा क्रमशः ४५ खर्ब ६३ लाख र ४२ खर्ब २१ अर्ब रुपैयाँ थियो । कुनको कतिले बढ्यो/घट्यो ?

सांग्रिला विकास बैंकले मोबाईल एप अपग्रेड, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने

काठमाडौं । सांग्रिला विकास बैंकले आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । बैंकको नयाँ एप्लीकेशन एफवान सफ्ट इन्टरनेशनलले निर्माण गरेको हो । अपग्रेड भएको एपले ग्राहकलाई मोबाईल र वेब उपकरणबाट सहजै एप्लिकेशन प्रयोग गर्न दिने बैंकले जनाएको छ । बैंकको अनुसार अपग्रेड भएको एपमा बिल भुक्तानी, चेक बुक अनुरोध,सेल्फ पासवर्ड/पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु रहेका छन् । सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशीले प्रयोगकर्ताले अपग्रेड भएको एपबाटै सिधै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरू प्राप्त गर्न बताए । ‘नयाँ एपको अनुप्रयोगमा धेरै नयाँ सुविधाहरू छन्, जुन धेरै यन्त्र तथा माध्यमबाट प्रयोग गर्न सकिन्छ । जसले हाम्राग्राहकलाई उपलब्ध उत्कृष्ट डिजिटल बैकिङ्ग अनुभव प्राप्त गर्न सजिलो बनाउँछ,’ उनले भने । सांग्रिला विकास बैंक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ख वर्गको बैंकका रुपमा सञ्चालनमा छ ।