अर्थमन्त्री पौडेलसँग बैंकरहरुको भेट, वित्तीय स्थायीत्वका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता
काठमाडौं । नेपाल बैंकर्स संघले वित्तीय स्थायीत्वका लागि सरकारलाई सहयोग गर्न तयार रहेका बताएको छ । बुधबार नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँगको भेटमा बैंकर्स संघका कार्यवाहक अध्यक्ष सुनिल केसीले वित्तीय स्थायित्व र आर्थिक विकासका लागि बैंकरहरुले पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको बताएका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमितिका पदाधिकारीले नव नियुक्त अर्थमन्त्रीलाई बुधबार अर्थमन्त्रालयमा भेटेका छन् । बुधबार नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले अर्थ मन्त्रालयमा भेट गरेका हुन् । भेटमा बैंकरहरुले मन्त्री पौडेललाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।
लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई दियो २ लाख ४३ हजार
काठमाडौं । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कायक्रम अन्तगत सहारा एकेडेमी पोखराद्वारा दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई बिगत वर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आथिक सहयोग स्वरुप २ लाख ४३ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरे । सिग्देल ले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरु लाई सहयोग गन{ पाउनु खुसीको कुरा रहेको बताए । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोले सञ्चालक सिग्देलले क्लबको प्रशंशा गरे । बैंकले गरेको सहयोगका लागि आभार प्रकट गदै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खच गरिने बताए । कायक्रममा बैंकका मुख्य प्रबन्धक तथा बजार व्यवस्थापन विभाग प्रमुख दिपक खनाल, छोरेपाटन शाखाका प्रवन्धक प्रकाश चन्द्र पहारी, न्यूरोड शाखाका प्रवन्धक बलबहादुर ढकाल, लेकसाइड शाखाका प्रवन्धक महेन्द्र कुमार श्रेष्ठ, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी, क्लबका निवतमान अध्यक्ष केशव वहादुर थापा र पूव अध्यक्ष विक्रम थकाली लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो । एकेडेमीमा हाल १५ जिल्लाका ४५ कठिन एवं विपन्न परिस्थितिका बालकहरु छन् । सहारा क्लब पोखराले उनीहरुको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गदै आइरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कायान्वयनमा ल्याएको छ ।
ज्योति विकास बैंकद्वारा ६ वटा अस्पताललाई बेबी वार्मर प्रदान
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत मधेश प्रदेश, बागमती प्रदेश , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै बनाएको बेबी वार्मर प्रदान गरेको हो । बैंकले फेटा स्वास्थ्य चौकी बारा, खैरहनी नगर अस्पताल चितवन, बघौडा अस्पताल चितवन, हर्नैया स्वास्थ्य चौकी रुपन्देही, सिसहनिया स्वास्थ्य चौकी दाङ र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो। अस्पतालहरुमा आयोजित कार्यक्रममा बैंकका विभिन्न पदाधिकारीहरु बाट उक्त अस्पतालहरुका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। साथै सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो। बैंकले डा महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा हालसम्म देशका ३२ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको छ। ज्योति विकास बैंकले हाल १२० वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।