मर्जर पश्चात् यी ५ बैंकको प्रतिस्पर्धी परिवर्तन, को बन्ला नम्बर वान ?

काठमाडौं । मर्जर भएका बैंकहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २६  वटा बैंकमध्ये यसै साल मात्र मर्ज हुँदै २२ वटा बैंकमा झरेपछि ५ ठूला बैंकहरुबीच प्रतिस्पर्धा रोचक हुने देखिएको हो । २०७९ सालको मर्जरपछि नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक अर्काका प्रतिस्पर्धी बैंकका रुपमा उदाएका छन् । वाणिज्य बैंकहरुमा पछाडि रहेका बैंकहरु मर्ज हुँदै टप फाइभ भित्र पुगेका छन् । मर्जरपश्चात् ठूला बनेका यी बैंकहरुले आगामी दिनमा कस्तो व्यवसाय गर्लान् त्यो भने हेर्न बाँकी नै छ । तर मर्जर पश्चात् भने अबका मुख्य प्रतिस्पर्धी बैंकका रूपमा उनीहरू उदाएका छन् । साथै, हिमालयन बैंक र सिभिल बैंक र लक्ष्मी बैंक र सनराइज बैंक मर्जर प्रक्रियामा रहेका छन् । यी बैंक मर्जर पश्चात् भने प्रतिस्पर्धा झनै रोचक बन्ने छ । नबिल बैंक नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गत असारमा गाभेर  सबैभन्दा ठूलो बैंकको रूपमा उदाएको थियो । त्यसपछि भएका मर्जहरूले नबिल बैंकको पहिलो स्थान खोसिने सम्भवाना रहेको छ । बैंकको चुक्ता पूँजी २२ अर्ब २३ करोड रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष २७ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । बैंकको कूल निक्षेप ३ खर्ब ३४ अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । बैंकको २४० वटा शाखा कार्यालय र २७५ वटा एटिएम रहेका छन् । कुमारी बैंक  कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंक पुस १७ गतेदेखि एकीकृत भएर कुमारी बैंकको नामबाट कारोबार भएको हो । यी दुई मर्जर हुनुअघि अधिकांश सूचकमा पछाडि थिए । तर, मर्जर पश्चात् भने टप फाइभ भित्र परेका छन् । कुमारी बैंकको चुक्ता पूँजी २६ अर्ब २३ करोड रुपैयाँ र जगेडा कोष १० अर्ब भन्दा बढी रहेको छ । यस्तै, कुमारी बैंकको कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । कुमारी बैंकको शाखा संख्या ३०६, एटीएम संख्या ३४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् । साथै कर्मचारीको संख्या ३ हजार २६७ जना रहेका छन् । ग्लोबल आइमएई बैंक  ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको गत पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार भएको हो । मर्जरअघि पनि केही सूचकहरूमा नम्बर वान रहेको ग्लोबल आइएमई बैंक मर्जर पश्चात् भने धेरै सूचकमा पहिलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंकको कूल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ र कूल पूँजी ५७ अर्ब रुपैयाँ रहेको छ । साथै बैंकको चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ र जगेडा कोष २२ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । बैंकको कूल निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ र कूल कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकको ३६५ शाखा कार्यालय, ३६७ एटिएम मेसिन, २८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेश स्थित सम्पर्क कार्यालय रहेका छन् । बैंकमा ४ हजार ४ सय जना कर्मचारी कार्यरत छन् भने ४० लाखभन्दा बढी ग्राहकलाई सेवा बैंकले दिइरहेको छ । प्रभु बैंक  प्रभु बैंक र सेञ्चुरी बैंकको पुस २६ गतेदेखि एकीकृत कारोबार सुरू भएर प्रभु बैंकको नामबाट कारोबार भएको हो । केही सूचकमा अघि रहेको प्रभु बैंकले पुच्छारमा रहेको सेञ्चुरी बैंकलाई प्राप्ति गरेपश्चात् टप फाइभ भित्र पुगेको छ । प्रभु बैंकको कूल सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ र कूल पूँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ र जगेडा कोष ८ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ र कूल कर्जा २ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । बैंकको शाखा सञ्जाल ३६५ वटा र ३०९ वटा एटिएम मेसिन पुगेको छ । प्रभु बैंकको कर्मचारी संख्या ३ हजार ५५५ जना कर्मचारीले ३० लाख ग्राहकलाई सेवा दिइरहेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक पुस २७ गते मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार गरिरहेको छ । मर्जर पश्चात् यस बैंकको प्रतिस्पर्धी नै परिवर्तन भएको छ । बैंकले जहिल्यै पनि टप थ्री भित्र रहने लक्ष्य लिएको छ । केही सूचकमा नम्बर वान र अधिकांश सूचकमा दोस्रो र तेस्रो रहेको यस बैंकले आगामी दिनमा झनै बलियो बन्ने देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ र कूल पूँजी ५८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी ३४ अर्ब रुपैयाँ र जगेडा कोष २४ अर्ब रुपैयाँ रहेको छ । बैंकको कूल कर्जा ३२९ अर्ब रुपैयाँ र निक्षेप ३०७ अर्ब रुपैयाँ रहेको छ । बैंकको शाखा कार्यालय २९६, एटिएम मेशिन २७९ र एक्सटेन्सन काउन्टर ५९ वटा रहेका छन् । बैंकका ३ हजार ३१५ जना कर्मचारीले नेपालको जनसंख्याको १० प्रतिशत जनसंख्यालाई सेवा दिइरहेको बैंकले जनाएको छ ।

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कतिमा पाइन्छ कर्जा ?

काठमाडौं । नेपाल बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । रेमिट्यान्स बचत खातामा ९.४२ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, बैंकको मुद्दति निक्षेपमा ९ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो । यस्तै, बैंकले कर्जामा अकितम ६ प्रतिशतसम्म प्रिमियम शुल्क तोकेको छ । बैंकको असोज मसान्तसम्म आधारदर ८.९२ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.२६ प्रतिशत रहेको छ ।

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, आधार दर ९.४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ  ब्याजदर घटेको छ । बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । यस्तै, बैंकको मुद्दति निक्षेपमा ९ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो । यस्तै, बैंकले कर्जामा अकितम ६ प्रतिशतसम्म प्रिमियम शुल्क तोकेको छ । बैंकको असोज मसान्तसम्म आधारदर ९.४५ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.०३ प्रतिशत रहेको छ ।