एनआईसी एशिया बैंकको नाफा वृद्धिसँगै ईपीएस ५६.७७ रुपैयाँ पुग्यो, खराब कर्जा ०.६१ प्रतिशत
काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल कर्जा २६६.६८ अर्ब पुगेको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुगेको छ । पुस मसान्तसम्ममा बैंकको खुद नाफा ३६. प्रतिशत बढेर ३.२७ अर्ब आर्जन गर्न सफल भएकोे छ । समिक्षा अवधिमा बैंकको स्व–पूँजीमा प्रतिफल २४.७५ प्रतिशत रहेको छ । साथै, बैंकले वार्षिक प्रतिसेयर आम्दानी ५६.७७ रुपैयाँ आर्जन गर्न सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकले जनाएको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई समिक्षा अवधिमा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा समग्र वाणिज्य बैंकहरूभन्दा एनआईस एशिया बैंक अग्रणी स्थानमा रहेको बैंकको दाबी छ ।
६ महिनामा नबिल बैंकको नाफा साढे ३ अर्ब रुपैयाँ, ईपीएस कति ?
काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५६.६७ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ अहार्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशत बढेर ७ अर्ब ८३ करोड २९ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६८.६२ प्रतिशत बढेर ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ, सञ्चालन मुनाफा ५६.०६ प्रतिशत बढेर ४ अर्ब ८६ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १८.५० प्रतिशत बढेर २७ अर्ब ५ करोड रुपैयाँ, जगेडा कोष ११.०४ प्रतिशत घटेर २६ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ, निक्षेप ६.५१ प्रतिशत बढेर ३ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ र कर्जा १७.१३ प्रतिशत बढेर ३ खर्ब ५१ अर्ब ६४ करोड १५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६७ पैसा बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २८.१९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ ।
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब बढी, निक्षेप र कर्जामा पनि वृद्धि
काठमाडौं । माछापुच्छ्रे बैंकले १ अर्ब खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही त्रैमासमा पनि बैंकले १ अर्ब १ कराेड रुपैयाँ बढी नाफा गरेको थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप १ खर्ब ४८ अर्ब कायम भएको छ भने बैंकले १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही त्रैमासमा१ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो भने १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको निक्षेप र कर्जा दुवै बढेको छ । यस्तै, बैंकको खराब कर्जा १.४ प्रतिशत छ भने आधारदर ११ प्रतिशत छ । गत आर्थिक वर्षको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.५७ प्रतिशत थियो भने आधारदर ७.५६ प्रतिशत थियो ।