कृषि विकास बैंकका अधिकांश सूचक ऋणात्मक, खराब कर्जा ४.५२ प्रतिशत पुग्यो

काठमाडौं । कृषि विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत घटेर ३ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ११ करोड १५ करोड सञ्चालन घाटा भएको छ । गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँ, जगेडा कोष ११ अर्ब ९५ करोड रुपैयाँ, निक्षेप १ खर्ब ७२ अर्ब रुपैयाँ र कर्जा १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.१० रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ २०९.८२ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा बढेर ४.५२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा २.०८ प्रतिशत रहेको थियो । बैंकको सीडी रेसियो ८७.५४ प्रतिशत र आधार दर ११.०६ प्रतिशत रहेको छ।

कुमारी बैंकको नाफा १ अर्ब माथि, ब्याज आम्दानी ६१.६४ प्रतिशत बढ्यो

काठमाडौं । एनसीसी बैंकसँग मर्ज गरेको कुमारी बैंकको चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा खुद नाफा ६ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६१.६४ प्रतिशत बढेर ४ अर्ब २४ करोड रुपैयाँ, सञ्चालन नाफा १५ प्रतिशत बढेर १ अर्ब ५७ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा २२ करोड ४४ लाख रुपैयाँ रहेको छ । मर्जर पश्चात् बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ, जगेडा कोष १२ अर्ब ५ करोड रुपैयाँ, निक्षेप संकलन २ खर्ब ९९ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.६७ रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२.९४ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १६.२८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७.१७ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा बढेर ३.१५ प्रतिशत पुगेको छ । बैंकको सीडी रेसियो ८९.५८ प्रतिशत र आधार दर ११.७३ प्रतिशत रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा पौने २ अर्ब, अधिकांश सूचक बढ्दा सीडी रेसियो ७८.६ प्रतिशत

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६१.३६ प्रतिशत बढेर १ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.३० प्रतिशत बढेर २ अर्ब ८४ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ५२ प्रतिशत बढेर ३ अर्ब ७२ करोड रुपैयाँ, बैंकको सञ्चालन मुनाफा ६१.९१ प्रतिशत बढेर २ अर्ब ५१ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब ५ दाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ, जगेडा कोष ३.६९ प्रतिशत बढेर ९ अर्ब २ करोड रुपैयाँ, निक्षेप ९.६० प्रतिशत बढेर १ खर्ब २ अर्ब ७१ करोड रुपैयाँ र कर्जा २.३२ प्रतिशत बढेर ८१ अर्ब ३ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ १४ पैसा बढेर ३७ रुपैयाँ १९ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा रहेको छ । बैंकको खराब कर्जा ०.२८ प्रतिशत बढेर ०.७२ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ७.५ प्रतिशत, आधार दर ९.६७ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रेड ३.९३ प्रतिशत र सीडी रेसियो ७८.६ प्रतिशत रहेको छ ।