ग्लोबल आइएमई बैंकले विभिन्न कम्पनीका आधा दर्जन गाडी बेच्दै, छानीछानी किन्न पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले बैकिङ्ग सम्पत्तिका रुपमा रहेका विभिन्न मोडलका ७ वटा सवारी साधन लिलाम बिक्री गर्ने भएको हो । बैंकको मुख्य कार्यालयमा रहेका सवारी साधन जे जस्तो अवस्थामा छन् सोहि अवस्थामा बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । उक्त सवारी साधन खरिद गर्न ईच्छुक व्यक्ति र फर्म÷कम्पनी तथा संघ संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको हो । बैंकको उत्तरढोका शाखाको पार्किङ्गमा रहेको बा १२ च ९२१० नम्बरको टाटा सुमो, ब ७ च ७३६८ नम्बरको हुण्डाई स्यान्ट्रो र बा ९ च ९१०७ नम्बरको टाटा पिकअप बिक्री गर्ने भएको हो । यस्तै, बैंकको कमलादी शाखामा राखिएको बा ८ च ६७५७ नम्बरको सन्नि निशान र बा ८ च १५४७ नम्बरको टोयोटा क्याम्रे कार पनि बिक्री गर्ने भएको हो । यस्तै, बैंकको बागलुङ शाखाको पार्किङमा रहेको बा १० च ८४३२ नम्बरको महिन्द्रा बोलेरो र जनकपुरमा रहेको बा ९ च ४३७० नम्बरको मारुती सुजुकी वागोनर सवारी बिक्री गर्ने भएको हो ।

एनआईसी एशिया बैंकको २ घण्टा सेवा अवरुद्ध हुने

काठमाडौं । एनआईसी एशिया बैंकको २ घण्टा सेवा अवरुद्ध हुने भएको छ । बैंकको फागुन २५ गते बिहीबार बिहान २ घण्टा सेवा अवरुद्ध हुने भएको हो । बैंकको कार्ड कारोबारको स्विचिङ्ग सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टममा कार्ड नेटवर्क म्याण्डेट इनस्टलेसन कार्य गर्ने भएकाले बिहीबार बिहान २ बजेदेखि ४ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ । बैंकको डेबिट, क्रेडिट र डलर कार्डहरुबाट हुने कारोबारहरुका साथै एटिएम र पीओएस सेवा अवरुद्ध हुने बैंकले बताएको छ । उक्त समयमा आवश्यक कारोबारको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न बैंकले आग्रह गरेको छ । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति बैंकले क्षमा मागेको छ ।

नबिल बैंकले धितोमा रहेको जग्गासहित ७ वटा सवारी बेच्दै

काठमाडौं । नबिल बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको नारायणगढ र सीमरा शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । बैंकको सिमरा शाखा, जीतपुरबाट जीतनी देवी चौधरीले ऋणवापत राखिएको धितो लिलामी गर्ने भएको हो । चौधरीको नाममा रहेको बाराको साविक डुमरवाना गाविस ४ मा रहेको कित्ता नम्बर १३५४, १६८७ र १६८८ को क्रमशः ०–२–०–०, ०–०–१४–२ र ०–०–७–० विघा जग्गा बिक्रीमा राखेको हो । यस्तै, नारायणगढ (कमलनगर) शाखा, चितवन शाखाबाट देउराली ढुवानी सेवाका सञ्चालक अर्जुन राहादी मगरले लिएको ऋण वापतको सवारी र जग्गा बिक्री गर्ने भएको हो । बैंकले ना ८ ख ८६०५ नम्बरको टाटा टिप्पर बिक्री गर्नेछ । साथै, नवलपरासीको साविक बेनिमणिपुर २ मा रहेको कित्ता नम्बर ३१७३ को १–६–१–० विघा जग्गा बिक्री गर्नेछ । यस्तै, सोही शाखाबाट श्री जखडी ढुवानी सेवा प्रालिका सञ्चालक तथा जमानीकर्ता विनोद जिसी, सोप बहादुर पछाई क्षेत्री, सरीता देवी पछाई क्षेत्री, जीवन पछाई, शंकर पछाई र गंगाराम चौधरीले धितो वापत राखेको सवारी र जग्गा बिक्री गर्ने भएको हो । बैंकले सोप बहादुर पछाई क्षेत्रीको नाममा रहेको नवलपरासी साविक धुरकोट गाविस १ मा रहेको कित्ता नम्बर ५०५ को ६०७३.८४ वगमिटरको जग्गा र उक्त जग्गामा निर्मित घरहरु समेत लिलामीमा बिक्री गर्ने भएको हो । यस्तै, बैंकले लु २ ख ४४११, लु २ ख ४४१२, ग २ ख ७६५, ग २ ख ७६६, ग २ ख ७६७ र ग २ ख ७६८ नम्बरको टाटा टिप्पर बिक्रीमा राखेको हो ।