माछापुच्छ्रे बैंक र लुलु एक्सचेञ्जबीच सम्झौता, रेमिट्यान्स पठाउन थप सहज हुने

काठमाडौं । माछापुच्छ्रे बैंकले लुलु एक्सचेन्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको छ । बैंकले बहराईनमा बैंदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन थप सहज होस् भन्ने उद्देश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा लुलु एक्सचेन्जको तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बहराईनमा बस्ने नेपालीहरुले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ्रे बैंकका जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

स्माटच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच रेमिट्याप वालेटको लागि सम्झौता

काठमाडाैं । स्मार्टच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच बैंकद्वारा संचालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरेका थिए । विगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय रेमिट्याप वालेटबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ । यस सम्झौतापछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्याप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन ।  

ग्लोबल आईएमई होली योजना : डिजिटल कारोबार गर्दा १५० रुपैयाँसम्म क्यासब्याक

काठमाडाैं । ग्लोबल आइएमई बैंकले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ । यस योजनाअन्तर्गत यस वर्षकाे होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले ‘जीआईबीएल– आफ्नो मनपर्ने रङको नाम’ लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (१५० रपैयाँसम्म) क्यासब्याक पाउनेछन् । ग्लोबल आइएमई बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।