१२ वर्षको इतिहासमा पहिलो पटक लाभांश नबाँड्ने एक्सेल डेभलपमेन्ट बैंकको घोषणा
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ । बैंकको सोमबार साँझ बसेको संचालक समितिको बैठकले यसवर्ष सेयरधनीलाई लाभांश नबाँड्ने घोषणा गरेको हो । बैंकले १२ वर्षको अवधिमा पहिलोपटक लाभांश नबाँड्ने घोषणा गरेको हो । बैंकले यसअघि आ।व २०७७/७८ मा ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले २०६९र७० मा सबैभन्दा बढी ५२.६४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन पाईंदैन : राष्ट्र बैंक
काठमाडौं । ५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गर्दा कुनै पनि बैंक तथा वित्तिय संस्थाले शुल्क लिन नपाउने व्यवस्था रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले मंगलबार आफ्नो फेसबुक पेजमार्फत यस्तो जानकारी दिएको हो । यस्तो कुनै शुल्क लिएमा उक्त संस्थामा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न सकिने बैंकले जनाएको छ । यस्तै, उक्त संस्थाबाट गुनासो सुनुवाई नभएमा राष्ट्र बैंकको वित्तिय ग्राहकको संरक्षण इकाईमा गुनासो दर्ता गर्न सकिने पनि बैंकले जनाएको छ । वित्तिय साक्षरता जगाउने अभियान अन्तर्गत राष्ट्र बैंकले हरेक मंगलबार यस्तो जानकारीहरु दिँदै आएको छ ।
सिटिजन्स बैंकको धारापानी शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखाले नवलपुरमा रहेको मनकामना आधारभुत विद्यालयका सीमान्तकृत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको उक्त शाखाले आउँदै गरेको १६ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम भएको बैंकले जनाएको छ। निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता शैक्षिक प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले धारापानी शाखा सहित देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजारभन्दा बढि ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।