माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरु
काठमाडौं । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । यो सेवा सुचारु भए संगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आवद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन् । रेमिट्याप वालेट मार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् । इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनन्सीयल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फर्स्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुन्छ ।
प्रभु बैंकका ग्राहकले दराजमा सपिङ गर्दा १ हजार रुपैयाँसम्म छुट पाउने
काठमाडौं । प्रभु बैंकले आफ्ना भिजा कार्डवाहाक ग्राहकलाई नयाँ वर्षको छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग सम्झौता गरेको छ । यस योजना चैत २८ गतेबाट लागु भइसेकेको छ । यस सम्झौतामा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखी १४ सम्म डेबिट कार्ड मार्फत प्रीपेमेन्टमा ८ प्रतिशत वा अधिकतम ७५० रुपैयाँ बराबरको छुट पाउनेछन भने क्रेडिट कार्ड मार्फत १० प्रतिशत वा अधिकतम १ हजार रपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, ग्राहकहरुले २०२३ अप्रिल १५ देखी २० सम्म २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सकृय गर्नुपर्नेछ ।
राष्ट्र बैंकको कारवाहीमा २ फाइनान्स कम्पनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । बैंकले कर्जा निक्षेप अनुपात (सीडि रेसियो) सीमा भन्दा धेरै हुँदा भएको भन्दै कारवाही गरेको हो । चालू आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासमा सीडि रेसियो सीमाभन्दा बढी भएको भन्दै बैंकले जानकी फाइनान्स र नेपाल फाइनान्सलाई कारबाही स्वरुप जरिवाना गरेको हो । चालुआवको पहिलो त्रैमासमा नेपाल फाइनान्सले एक लाख ४९ हजार ३ सय ६३ र जानकी फाइनान्सले ८० हजार ९ सय ८५ रुपैयाँ जरिवाना राष्ट्र बैंकलाई बुझाएका थिए ।