सानोतिनो धक्काले बैंकहरुलाई अफ्ठ्यारो पर्दैन, स्थिति राम्रो देखिन्छ : गर्भनर अधिकारी

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई सानोतिनो धक्काले अफ्ठ्यारो नपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै उनले हाल बैंकको स्थिति राम्रो देखिएको बताएका हुन् । अर्थतन्त्र सुधार हुँदै जादा अझै ब्याजदर उच्च रहेको बताउँदै उनले निक्षेप र कर्जाको ब्याजदर भने घट्दो अवस्थामा रहेको बताए । त्यस्तै, उनका अनुसार बैंक [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई सानोतिनो धक्काले अफ्ठ्यारो नपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै उनले हाल बैंकको स्थिति राम्रो देखिएको बताएका हुन् ।

अर्थतन्त्र सुधार हुँदै जादा अझै ब्याजदर उच्च रहेको बताउँदै उनले निक्षेप र कर्जाको ब्याजदर भने घट्दो अवस्थामा रहेको बताए ।

त्यस्तै, उनका अनुसार बैंक तथा वित्तीय संस्थाको प्रयाप्तता तोकिएको सीमामा नै रहेको छ । पुँजी कोष अनुपात १३ प्रतिशत भन्दा बढी छ ।खराब कर्जा दर गत वर्षको भन्दा बढेको छ । तर राष्ट्र बैंकले प्रोभिजनमा कडाइ गरेको कारण खराब कर्जा बढेको बताउँदै उनले खराब कर्जाको दर घट्दै जाने जानकारी गराए ।

साथै उनले पछिल्लो समय रेमिट्यान्समा उल्लेख्य रुपमा वृद्धि भएको बताए । पछिल्लो ४ महिनामा १ खर्ब भन्दा बढी रेमिटेन्स भित्रिएको उनले बताए ।

Share News