महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र बेच्दै, ११ प्रतिशत ब्याज दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ बिक्री गर्ने भएको हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्य दरका १० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाए छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा बैशाख ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण आवेदन नपरेमा आवेदन दिने समय २०८० बैशाख १३ गतेसम्म लम्बिनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।
सिद्धार्थ बैंकले ग्लोबल मनी विक भिडियो प्रतियोगिताका विजेतालाई दियो ६० हजार
काठमाडौं । सिद्धार्थ बैंकले ग्लोबल मनी विकको अवसरमा आयोजना गरेको टिकटक भिडियो प्रतियोगिताको विजेतालाई पुरस्कार प्रदान गरेको छ । बैंकले प्लान योर मनी, प्लान्ट योर फ्युचर भन्ने नाराको साथ आयोजना गरेको प्रतियोतिगाका तीन विजेतालाई ६० हजार नगद रुपैयाँ पुरस्कार प्रदान गरेको हो । बैंकमा बचत गर्नुका फाइदाहरु” शीर्षकमा भिडियो बनाई अधिकतम मनपराईएका तिन प्रतियोगिहरुलाई बैंकले क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरेको थियो । उक्त प्रतियोगिताका विजेताहरुलाई आज सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोह आयोजना गरी बैंकका प्रमुख डिजिटल मार्केटिङ्ग अनन्त श्रेष्ठ पुरस्कार हस्तान्तरण गरेका हुन् । बैंकले ग्लोबल मनी विक कै अवसरमा आफ्नो आधिकारीक फेसबुक पेजमार्फत सात दिन दैनिक क्विज प्रतियोगिता पनि आयोजना गरेको थियो । यसका साथै बैंकले देशका सातै प्रदेशमा ९८ विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु पनि आयोजना गरेको थियो जसमा २ हजार ११८ जना महिला र २ हजार ७२ जना पुरुष गरी कुल ४,१९० जनाको प्रतक्ष्य सहभागिता रहेको थियो ।
सिटिजन्स बैंकका ग्राहकलाई दिर्घायु गुरू हस्पिटलको सेवामा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चाबहीलस्थित दिर्घायु गुरू हस्पिटलबीच बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले दिर्घायु गुरू हस्पिटलमा १०५ सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।