सिद्धार्थ बैंकले चितवनमा घरजग्गा बेच्दै
काठमाडौं । सिद्धार्थ बैंकले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । बैंकको नाममा दर्ता कायम रहेको चितवनको भरतपुर महानगरपालिका १० स्थित कित्ता नम्बर ६२९ को ०–०–१६–० बिघा क्षेत्रफल भएको घरजग्गा लिलाम बिक्री गर्ने जनाएको छ । यसअघि पनि लिलामीमा राखेको भएपनि बिक्री नभएपछि बैंकले चौंथो पटक लिलामीमा राखेको हो । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति वा घरजग्गा खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले ७ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ । थप बुझ्नका लागि बैंकको प्रधान कार्यालय र चितवनको नारायणगढ शाखामा सम्पर्क गर्नुपर्नेछ ।
सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष उज्जवल सत्यालले लिए शपथ
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नवनिर्वाचित अध्यक्ष उज्जवल सत्यालले सपथ ग्रहण गरेका छन् । सत्यालले आइतबार नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । बैंकको १८ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सञ्चालक समितिका अध्यक्ष सत्यालमार्फत अन्य संचालकहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने बैंकले जनाएको छ । बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएमबाट वित्तिय सेवा दिँदै आइरहेको छ ।
सिटिजन्स बैंकका सीईओ पोखरेललाई पितृशोक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेललाई पितृशोक परेको छ । सीईओ पोखरेलका पिता खेटराज उपाध्यायको शनिबार अपरान्ह ३ बजे शिक्षण अस्पताल कोहलपुरमा निधन भएको हो । उपाध्यायको ८७ वर्षको उमेरमा उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उपाध्यायको आईतबार बिहान बबई (सरजु भादाघाटमा) अन्त्येष्टि गरिएको छ । उपाध्यायका तीन छोरा र दुई छोरीहरु छन् । उपाध्यायकी श्रीमती दुर्गादेवी उपाध्यायको साढे ३ बर्ष अघि निधन भएको थियो । सीईओ पोखरेलका पिता उपाध्याय बगलामुखी मन्दिर ब्यवस्थापन समिति गुलरियाको अध्यक्ष भएर ४ दशकसम्म समाज सेवा गरेका थिए । स्वर्गीय उपाध्यायले बगलामुखी मंदिर पुर्ननिर्माण, जग्गा प्राप्ति तथा मन्दिर ब्यवस्थापनमा मूख्य भूमिका निर्वाह गरेको श्रेय जाने गरेको स्थाीनय बताउँछन् । साथै सामाजिक कार्यमा समेत उनको अतुलनिय योगदान रहेको बताइएको छ ।