ज्योति विकास बैंकको गोकर्ण शाखा उद्धघाटन
काठमाडौं । ज्योति विकास बैंकले गोकर्णमा शाखा उद्धघाटन गरेको छ । बैंकले बिहीबार काठमाडौंको गोकर्णमा १२०औं शाखाको औपचारिक उद्धघाटन गरेको हो । उक्त बैंकले ग्राहक समक्ष बैंकिङ्ग सेवाको पहुंच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । गोकर्णेश्वर नगरपालिका वडा नं. ४, काठमाडौंस्थित गोकर्ण शाखाको समुद्धघाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र बैंकका संचालक राम कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । उद्धघाटन समारोहमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल लगायत विभिन्न पदाधिकारी, कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो । उक्त उद्धघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकहरुका लागि बैंकिङ सेवा थप सुलभ र सहज बनाई वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्दै सो क्षेत्रको आर्थिक वृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै, बैंकका संचालक राम कुमार श्रेष्ठले नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र आगामी दिनहरुमा पनि ज्योति विकास बैंकले सेवाग्राहीलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसका साथै, बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कार्यक्रममा बोल्दै ज्योति विकास बैंक देशको उद्यमशीलता र अर्थतन्त्रमा योगदान गर्ने ध्येय बोकी नागरिकहरुको समृद्धिमा सधैँ साथ दिन र उच्चतम बैंकिङ्ग सेवा प्रदान गर्न अग्रसर रहेको कुरामा थप प्रकाश पारे । शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको छ ।
नेपाल बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा
ललितपुर । नेपाल बैंक लिमिटेडले ललितपुर महानगरपालिका–१४, खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ । बुधबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा उद्घाटन गरेका हुन् । कार्यक्रमका अधिकारीले स्थानीय जनता तथा संघसंस्थाको धेरै पहिलेदेखिको अनुरोधलाई मनन गर्दै खुमलटारमा शाखा खोलिएको बताए । ललितपुर महानगरपालिकाबासीलाई प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने उनले प्रतिबद्धता जनाए । ललितपुर महानगरपालिका प्रमुख महर्जनले नेपालको जेठो नगरपालिकाको रुपमा रहेको ललितपुरमा नेपालको जेठो बैंक नेपाल बैंकको शाखा आगमनको संयोगले खुमलटार र सम्पूर्ण महानगरपालिकाको आर्थिक क्षेत्रमा नयाँ उमंग पलाएको बताए । देशभरका २२८ शाखा, २०३ एटीएमका साथै ५४ एक्सटेन्सन काउन्टरमार्फत नेपाल बैंकले करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ ।
सनराइज बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयरमा ४५ प्रतिशतसम्म छुट
काठमाडौं । सनराइज बैंक र काठमाडौको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रबीच सम्झौता भएको छ । बैंक र हेल्थकेयरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको क्रेडिट कार्ड, डेबिट कार्ड, क्यूआर वा मोवाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशतसम्मको छुट पाउन सक्ने छन् ।