ऋणपत्रलाई सीडी रेसियोमा गणना गर्न पाउने अवधि थपियो

<p>काठमाडौं । केन्द्रिय बैंकले ऋणपत्रलाई सीडी रेसियोमा गणना गर्न पाउने अवधि थप गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अवधि थप गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने [&hellip;]</p>

काठमाडौं । केन्द्रिय बैंकले ऋणपत्रलाई सीडी रेसियोमा गणना गर्न पाउने अवधि थप गरेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अवधि थप गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिइएको छ’, समिक्षामा भनिएको छ ।

बैंकले यसअघि साउन १ गतेसम्मका लागि सीडी रेसियो र क्यापिटल एडुकेसिमा गणना गर्नका लागि समय दिएको थियो ।

Share News