मौद्रिक नीतिका सीमाहरु छन्, बढी नै अपेक्षा गरियो : गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरिएको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मौद्रिक नीतिबाट सरकारले धेरै अपेक्षा गरेपनि मौद्रिक नीतिमा सिमितता रहेकाले सबै अपेक्षा समेट्न नसक्ने बताए । ‘सरकार र समाजबाट मौद्रिक नीति माथि बढी अपेक्षा गरेको देख्छौं, मौद्रिक नीतिका सीमाहरु छन्, राष्ट्र बैंकको उद्देश्य र मौद्रिक नीतिका उदेश्यभन्दा बाहिर गएर थप काम गर्न खोज्दा उद्देश्य भन्दा बाहिर हुन्छ,’ उनले भने । उनले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताउँदै भने,’राजनीतिक व्यवस्थामा चेक एण्ड ब्यालेन्स भए जस्तै मौद्रिक र वित्त नीतिमा पनि आवश्यक छ ।’ यस्तै, उनले बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण यो वर्ष वाह्य क्षेत्रमा सहज रहेपनि आगामी दिनमा चुनौतिपूर्ण रहेको बताएका छन् । उनले चुनौतिहरुको सामना गर्नको लागि राष्ट्र बैंक सजक किसिमले लागेको बताए । उनले सरकारलाई अर्थतन्त्रलाई लयमा ल्याउनको लागि ठूलो चुनौति वित्त नीतिमा देखिएको बताउँदै भने,’सरकारले राजश्व संकलन वृद्धि, करको दायरा बढाउने र भन्सारमा पनि सुधार गर्नुपर्ने आवश्यक छ ।’
कामना सेवा विकास बैंकको लाभांश पारित
काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश पारित भएको छ । बैंकको १६ औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित ४.६४२१ प्रतिशत लाभांश पारित गरेको हो । संचालक समितिले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०।२३२१ प्रतिशत लाभांश प्रस्तावत गरेको हो । सभाले आ।व। २०७९/०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि।आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपाल बैंकले बनाएर हस्तान्तरण गर्यो चैनपुरमा विद्यालय
काठमाडौं । नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय भवन निर्माण गरी हस्तानतरण गरेको छ । बैंकको आर्थिक सहयोगमा बारा जिल्ला परवानीपुर गा.पा. वडा नं. ४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन शुक्रबार सम्बन्धित निकायलाई हस्तानतरण गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत९सीइओ० कृष्ण बहादुर अधिकारी तथा परवानीपुर गा।पा। का अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीबाट संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी उक्त विद्यालय भवन हस्तान्तरण गरिएको हो । उक्त समारोहमा बैंकका सीइओ अधिकारीले बैंकले विभिन्न क्षेत्रहरुमा छरिएर रहेको निक्षेप संकलन गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुका साथै देशको आर्थिक विकासमा योगदान गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व समेत जिम्मेवार ढंगले बहन गरिरहेको बताएका थिए । २०७५ चैत्र १७ आईतबार बेलुका हावा हुण्डरीले बारा जिल्ला परवानीपुर गाउँपलिका वडा नं. ४, चैनपुरमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पुर्ण रुपमा क्षति पुगेको थियो ।