राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘छ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८६ ‘छ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले साउन १८ गते बोलकबोल मार्फत् बिक्री गर्ने र साउन १९ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको हो । विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड
काठमाडौं । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट १५.२९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राखेको छ । गत वर्षको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १६२.६६ प्रतिशत बढेर १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ५९ करोड ७२ लाख ४४ हजार रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा बढेसँगै लाभांश क्षमता पनि उच्च भएको हो । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ९.७५ प्रतिशत बढेर १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशत बढेर ५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ८७ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दान िगरेको थियो । गत असारसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी ३.१७ प्रतिशत घटेर १ अर्ब १२ करोड रुपैयाँमा झरेको छ । यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.३२ प्रतिशत बढेर ६ अर्ब ८८ करोड १२ लाख रुपैयाँ, सञ्चालन नाफा ९.९१ प्रतिशत बढेर २ अर्ब ६९ करोड ८३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ, जगेडा कोष ४३.४२ प्रतिशत बढेर ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ, निक्षेप संकलन ६.३१ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब १७ करोड ९६ लाख रुपैयाँ र कर्जा लगानी १.६४ प्रतिशत घटेर १ खर्ब २६ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १.६० रुपैयाँ बढेर १८.५ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.८४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५९.१० रुपैयाँ रहेको छ । मीक्षा अवधिमा बैंकको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर २.१२ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ८.०७ प्रतिशत, आधार दर १०.७४ प्रतिशत र सीडी रेसियो ८०.६४ प्रतिशत रहेको छ ।
कामना सेवा विकास बैंकका ग्राहकले तुलसी कुञ्जमा १० प्रतिशत छुट पाउने
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजमा विशेष छुट दिने बारे सम्झौता भएको छ । मंगलबार बैंक र रेष्टुरेन्टले मर्चेन्ट सम्झौतामा हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कामना सेवा विकास बैंकका ग्राहकले उक्त रेष्टुरेन्टमा १० प्रतिशतसम्मको छुट पाउने बताइएको छ ।