गणपती बनस्पतीका आधिकारीक डिलरलाई नबिल बैंकले फाईनान्सिङ्ग सुबिधा दिने

<p>काठमाडौं । नबिल बैंकले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती बनस्पतीका आधिकारीक डिलर तथा बिक्रेतालाई च्यानल फाईनान्सिङ्ग सुबिधा दिने भएको छ । मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती बनस्पतीको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्घानाले उक्त सम्झौतामा हस्ताक्षर [&hellip;]</p>

काठमाडौं । नबिल बैंकले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती बनस्पतीका आधिकारीक डिलर तथा बिक्रेतालाई च्यानल फाईनान्सिङ्ग सुबिधा दिने भएको छ ।

मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती बनस्पतीको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्घानाले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

सो कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्ष  श्रबण कुमार मोर र राजकुमार मोर साथै कार्यकारी निर्देशकहरु अनन्ता मोर, क्रषिराज मोर, राजिब मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिती थियो भने बैकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरु मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाह लगायतका कर्मचारीको उपस्थिती थियो ।

 

Share News