११ अर्ब खुद ब्याज आम्दानी गरेको कुमारी बैंकका अन्य सूचक कस्ता छन् ?

काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद ब्याज आम्दानी ७७.११ प्रतिशत बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब २१ करोड ७१ लख रुर्पयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको ब्याज आम्दानी बढेको भएपनि नाफा भने घटेको छ । गत आर्थिक वर्षको असारमा खुद नाफा २४.१४ प्रतिशत घटेर १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खराब कर्जा बढेका कारण बैंकको नाफामा असर गरेको हो । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ६४.०६ प्रतिशत बढेर १३ अर्ब २ करोड ८२ लाख रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४६ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात २२.१२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ७८.२७ प्रतिशत बढेर २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष ६८.७१ प्रतिशत बढेर १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ, निक्षेप ७८.७९ प्रतिशत बढेर ७८.७९ प्रतिशत बढेर ३ खर्ब १६ अर्ब ४ करोड रुपैयाँ र कर्जा लगानी ७७.३५ प्रतिशत बढेर २ खर्ब ७० अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

एनएमबि बैंकको नाफा साढे ३ अर्ब, ईपीएस १८.५७ रुपैयाँ

काठमाडौं । एनएमबि बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३.६३ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेर ८ अर्ब ३४ करोड २४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशत बढेर १ अर्ब ५४ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी २१ प्रतिशत बढेर १० अर्ब ३३ करोड रुपैयाँ र सञ्चालन मुनाफा ६.११ प्रतिशत बढेर ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ६५ पैसा बढेर १८.५७ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.७९ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ, जगेडा कोष २०.५० प्रतिशत बढेर १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ, निक्षेप १३.७९ प्रतिशत बढेर २ खर्ब १० अर्ब ३० करोड रुपैयाँ र कर्जा लगानी ८.२२ प्रतिशत बढेर १ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा १.४५ प्रतिशतबाट बढेर २.७२ प्रतिशत पुगेको छ । यस्तै बैंकको कस्ट अफ फण्ड ७.३४ प्रतिशत, आधार दर १०.३७ प्रतिशत र सीडी रेसियो ८३.४६ प्रतिशत रहेको छ ।

लक्ष्मी सनराइज बैंकले मार्याे अधिकांश सूचकमा छलाङ, वितरणयोग्य नाफा २ अर्ब

काठमाडौं । लक्ष्मी सनराइज बैंकको गत आर्थिक वर्षको असारसम्म खुद नाफा ४९.४५ प्रतिशत बढेर २ अर्ब २६ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा झण्डै २ अर्ब रहेको छ । बैंकका अनुसार वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशत बढेर ५ अर्ब ५० करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७६ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशत बढेर ९९ करोड ६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढेर ७ अर्ब २२ करोड ५४ लाख रुपैयाँ र सञ्चालन नाफा ५८.८९ प्रतिशत बढेर ३ अर्ब ४२ करोड २७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८७.६० प्रतिशत बढेर २१ अर्ब ६७ करोड २ लाख रुपैयाँ, जगेडा कोष १९५.७१ प्रतिशत बढेर १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ, निक्षेप ११२.३० प्रतिशत बढेर २ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ र कर्जा लगानी १००.१३ प्रतिशत बढेर २ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ घटेर १०.४४ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १६.५७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३.५५ रुपैयाँ रहेको छ । यस्तै, बैंकको खराब कर्जा ०.८९ प्रतिशतबाट बढेर २.८१ प्रतिशत पुगेको छ । साविक लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भई गत असार २९ गतेदेखि एकीकृत कारोबार गरेका हुन् ।