सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३४.३७ करोड रुपैयाँ, अन्य सूचक कस्ता छन् ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले आघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड ४१ लाख ६० हजार रुपैयाँ गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६९ करोड १२ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकका अनुसार गत असारसम्म वितरणयोग्य नाफा २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ छ । सो आधारमा बैंकको लाभाश क्षमता ७.६२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब २६ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ३ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकले ५० अर्ब ५६ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब १० करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकका अनुसार खराब कर्जा १.३९ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.५२ रुपैयाँ रहेको छ ।
नेपाल बैंकको नाफा साढे ३ अर्ब रुपैयाँ, जगेडा कोष पुर्यायो २१ अर्ब
काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १६.७० प्रतिशत बढेर ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत बढेर ९ अर्ब ४४ करोड १५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ७१ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ३.८३ प्रतिशत बढेर ९२ करोड ८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशत बढेर १० अर्ब ७४ करोड ६१ लाख रुपैयाँ, सञ्चालन नाफा २१.१९ प्रतिशत बढेर ४ अर्ब ४० करोड ८२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असारसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ६.६२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २ प्रतिशत बढेर १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ, जगेडा कोष १८.५७ प्रतिशत २० अर्ब ९१ करोड १४ लाख रुपैयाँ, निक्षेप २४.७२ प्रतिशत बढेर २ खर्ब ४४ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ र कर्जा लगानी ४.३२ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी २.९२ रुपैयाँ बढेर २३.२२ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४८.९४ रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको खराब कर्जा १.८३ प्रतिशतबाट बढेर २.८५ प्रतिशत पुगेको छ । यस्तै, बैंकको कस्ट अफ फण्ड ६.९७ प्रतिशत, आधार दर ९.९२ प्रतिशत, स्प्रेड दर ३.९५ प्रतिशत र सीडी रेसियो ९.९२ प्रतिशत रहेको छ ।
कृषि विकास बैंकको नाफामा छलाङ, लाभांश क्षमता १९.८९ प्रतिशत
काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३९.२८ प्रतिशत बढेर ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता १९.८९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत घटेर ८ अर्ब ८ करोड ४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आथिैक वर्षको सोही अवधिमा बैंकले ८ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी १३.२८ प्रतिशत घटेर १ अर्ब २२ करोड ११ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.४४ प्रतिशत बढेर १० अर्ब ४९ करोड २९ लाख रुपैयाँ, सञ्चालन नाफा २६.०७ प्रतिशत बढेर ४ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १.४१ प्रतिशत बढेर १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँ, जगेडा कोष ४.५४ प्रतिशत बढेर ११ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ पुगेको छ । गत असारसम्म बैंकको निक्षेप १९.७५ प्रतिशत बढेर १ खर्ब ९९ अर्ब ४८ करोड ६६ लाख रुपैयाँ र कर्जा लगानी ०.९३ प्रतिशत घटेर १ खर्ब ७१ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ६.२१ रुपैयाँ बढेर २०.३२ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.३४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २११.६० रुपैयाँ रहेको छ । बैंकको अघिल्ला त्रैमासको तुलनामा खराब कर्जा घटेको भएपनि अघिल्लो वर्षको तुलनामा भने सामान्य बढेको छ । अघिल्लो वर्ष २.०९ प्रतिशत रहेको खराब कर्जा २.४८ प्रतिशत पुगेको छ । बैंकका अनुसार आधार दर १०.०६ प्रतिशत, स्प्रेड दर ३.९४ प्रतिशत, कस्ट अफ फण्ड ७.५१ प्रतिशत र सीडी रेसियो ८१.७३ प्रतिशत रहेको छ ।