सिटिजन्स बैंकका ग्राहकले ट्रिबोन्स रिसोर्टमा १० प्रतिशत छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ट्रिबोन्स रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन् । ललितपुरको लाकुरी फेदस्थित रिसोर्टमा सिटिजन्स बैंकको कार्ड वा मोबाइल बैकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने बैंकले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । छुट सम्बन्धी सम्झौताले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारलाई डिजिटल कारोबारमा बदल्न सहयोग मिल्ने बैंकलेब बताएको छ ।
बैंकहरुले उल्लेख्य नाफा देखाउँदा पनि किन झस्किए लगानीकर्ता ?
काठमाडौं । बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेपछि सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरेपछि बैंकिङ्ग उपसमूहको नेप्से परिसूचक १.७० प्रतिशत घटेको छ । बैंकहरुले गत आर्थिक वर्षमा उल्लेख्य नाफा गरेको विवरण प्रकाशन गरेको भए पनि सेयर बजारमा भने नकरात्मक प्रभाव परेको छ । आइतबार बैंक उपसमूह १.५७ प्रतिशत अर्थात २२.३४ अंक घटेर १२८५.३२ अंकमा बन्द भएको छ । कारोबारमा आएका अधिकांश बैंकको सेयर मूल्य घटेको छ भने ३ बैंकको मात्रै मूल्य बढेको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी नाफा गरेको वित्तिय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २५ प्रतिशत अर्थात् १४ अर्ब रुपैयाँ बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । बैंकहरुले प्रकाशन गरेको प्रशस्त नाफाको रिपोर्ट कार्डलाई लगानीकर्ताहरुले नपत्याएको देखिन्छ । त्यसको असर आइतबारको सेयर बजारमा प्रतिबिम्बित भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको देखिए पनि वितरणयोग्य नाफा घटेका कारण सेयर मूल्य प्रभावित भएको एक लगानीकर्ताले विकासन्युजलाई बताए । लगानीकर्ताले नाफा मात्रै नहेरेर अन्य सूचक पनि केलाउँदा वितरणयोग्य नाफा अधिकांशको कम र केही बैंकको ऋणात्मक समेत पाएपछि लगानीकर्ताहरु निराश भएको उनको विश्लेषण छ । त्यसैको प्रभाव सेयर मूल्यमा परेको उनको भनाइ छ । ‘बैंकहरुको नाफा लगायतका सूचक बढेका छन् तर, बैंकले कमाएको सबै नाफा बाँड्दैनन्, लगानीकर्ताहरुले वितरणयोग्य नाफा पनि हेर्छन्,’ उनले भने, ‘सेयरधनीहरुलाई बाँड्ने नाफा घटेका कारण बजार प्यानिक भएको हो ।’ आज बैंकहरुमध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर मूल्य घटेको छ । उक्त बैंकको ५.१६ प्रतिशत अर्थात् ९.९० रुपैयाँ घटेर सेयर मूल्य १८२ रुपैयाँमा झरेको छ । यस्तै, हिमालयन बैंकको ४.९३ प्रतिशत अर्थात् ११ रुपैयाँ घटेर २१२ रुपैयाँ, कुमारी बैंकको ४.९१ प्रतिशत अर्थात् ८.५० रुपैयाँ घटेर १६४.७० रुपैयाँमा झरेको छ । यस्तै, प्रभु बैंकको ४.३३ प्रतिशत अर्थात् ७.७० रुपैयाँ घटेर १७०.२० रुपैयाँ, प्राइम बैंकको ४.३१ प्रतिशत अर्थात् ८.७० रुपैयाँ घटेर १९३.३० रुपैयाँ, नेपाल एसबीआई बैंकको ४.०२ प्रतिशत अर्थात् १४ रुपैयाँ घटेर ३३४.२० रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३.७१ प्रतिशत घटेर २१५.७० रुपैयाँमा झेरेको छ । नेप्सेकाअनुसार आइतबार एनएमबी बैंकको ३.३५ प्रतिशत अर्थात् ८ रुपैयाँ घटेर २३१.१० रुपैयाँ, सिटिजन्स बैंकको १.९९ प्रतिशत अर्थात् ३.८० रुपैयाँ घटेर १८७.१० रुपैयाँ, सिद्धार्थ बैंकको १.९७ प्रतिशत घटेर २५८.९० रुपैयाँ, एनआईसी एशिया बैंकको १.३९ प्रतिशत अर्थात् ११ रुपैयाँ घटेर ७७८ रुपैयाँमा झरेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ०.५९ प्रतिशत अर्थात् ३.३० रुपैयाँ घटेर ५५६.७० रुपैयाँ, नेपाल बैंकको ०.३५ प्रतिशत घटेर २५७ रुपैयाँ, माछापुच्छ्रे बैंकको ०.१९ प्रतिशत घटेर २६० रुपैयाँ र नबिल बैंकको ०.१६ प्रतिशत घटेर ६१२ रुपैयाँमा सेयर मूल्य कायम भएको छ । आइतबार कृषि विकास बैंक, सानिमा बैंक र एभरेष्ट बैंकको सेयर मूल्य बढेको छ । कृषि विकास बैंकको सेयर मूल्य ६.७३ प्रतिशत अर्थात् १६.७० रुपैयाँ बढेर २६५ रुपैयाँ पुगेको छ । यस्तै, सानिमा बैंकको सेयर मूल्य १.७१ प्रतिशत अर्थात् ५ रुपैयाँ बढेर २९७ रुपैयाँ र एभरेष्ट बैंकको सेयर मूलय ०.८३ प्रतिशत अर्थात् ५ रुपैयाँ बढेर ६०४ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । लगानीकर्ता छोटेलाल रौनियार नकारात्मक हल्ला फैलाएकाले बजार घट्न पुगेको बताउँछन् । बैंकहरुको वित्तीय विवरण सकारात्मक आएको तर, बजारमा नकरात्मक हल्ला फैलिएको उनले बताए । केही बैंकहरुको लाभांश क्षमता घटेको भएपनि डराएर बिक्री गरिहाल्नुपर्ने स्थिति नरहेको उनले बताए । ‘बैंकहरुको रिपोर्ट राम्रो आएको छ, कोही पनि डराउनु र आत्तिनु पर्ने स्थिति छैन,’ उनले भने, ‘बजार हल्लामा चल्न थाल्यो, बजारमा लाभांश क्षमता घट्यो भनेर हल्ला चलेपछि घटेको हो ।’ उनले हल्लाको पछि लागेर सेयर कारोबार नगर्न आग्रह गरे । नेप्सेमा १९ वाणिज्य बैंक सूचीकृत छन् । जसमध्ये आइतबार १८ बैंकको सेयर कारोबार भएको थियो । हालै मर्ज भएका लक्ष्मी र सनराईज (लक्ष्मी सनराईज बैंक) बैंकको एकीकृत करोबार प्रयोजनार्थ सेयर कारोबार रोक्का छ ।
चौथो त्रैमासमा बैंकहरुको खराब कर्जा घट्यो, दुई बैंकको एक प्रतिशत कम
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म बैंकहरुको खराब कर्जा औसत ३ प्रतिशत कायम भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार एनपीएल १.४५ प्रतिशतले बढेर ३ प्रतिशत कायम भएकाे हाे । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुको एनपीएल औषत १.२५ प्रतिशत थियो । समीक्षा अवधिमा कुनै पनि बैंकले एनपील घटाउन सकेका छैनन् । गत असारसम्म २ वटा बैंकको एनपीएल शून्य प्रतिशतको हाराहारीमा छ भने ५ वटा बैंकको ४ प्रतिशतभन्दा बढी पुगेको छ । तर, गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकहरुको खराब कर्जा घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकहरुको खराब कर्जा ३.२६ प्रतिशत थियो । गत असारसम्म एभरेष्ट बैंक र एनआईसी एशिया बैंकको एनपीएल शून्य प्रतिशतमा सिमित राखेका छन् । एभरेष्ट बैंकको ०.६७ प्रतिशत बढेर ०.७९ प्रतिशत र एनआईसी एशिया बैंकको ०.२७ प्रतिशत बढेर ०.८० प्रतिशतमा कायम राखेको छ । यस्तै, सानिमा बैंकको ०.१० प्रतिशत बढेर १.३ प्रतिशत, नबिल बैंकको ०.५९ प्रतिशत बढेर १.२३ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.५८ प्रतिशत बढेर १.१७ प्रतिशत पुगेको छ । गत असारसम्म कुमारी बैंकको ३.६६ प्रतिशत बढेर ४.७७ प्रतिशत, हिमालयन बैंकको २.९८ प्रतिशत बढेर ४.५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको २.८६ प्रतिशत बढेर ४.३५ प्रतिशत, प्राइम बैंकको २.४६ प्रतिशत बढेर ४.२३ प्रतिशत र प्रभु बैंकको २.३० प्रतिशत बढेर ४.१६ प्रतिशत खराब कर्जा पुगेको हो । कुमारी, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंक मर्जर तथा एक्विजिशनमा सामेल भएका बैंक हुन् । गत वर्ष मर्जर तथा एक्विजिशनमा जाने बैंकहरुको खराब कर्जा बढेको देखिन्छ । यस्तै, सिटिजन्स बैंकको ०.९७ प्रतिशत बढेर ३.१९ प्रतिशत र ग्लोबल आइएमई बैंकको १.८० प्रतिशत बढेर ३.१९ प्रतिशत एनपीएल रहेको छ । तथ्याङ्क अनुसार राष्ट्रिय वाणिज्य बैंकको ०.८६ प्रतिशत बढेर २.९५ प्रतिशत, नेपाल बैंकको १.०२ प्रतिशत बढेर २.८५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १.९२ प्रतिशत बढेर २.८१ प्रतिशत, एनएमबि बैंकको १.२७ प्रतिशत बढेर २.७२ प्रतिशत, कृषि विकास बैंकको ०.३९ प्रतिशत बढेर २.४८ प्रतिशत, नेपाल एसबिआई बैंकको २.२८ प्रतिशत बढेर २.४३ प्रतिशत, माछापुच्छ्रे बैंकको १.०८ प्रतिशत बढेर २.१२ प्रतिशत र सिद्धार्थ बैंकको ०.९४ प्रतिशत बढेर २.०१ प्रतिशत पुगेको छ ।