यस्तो आयो मौद्रिक नीतिको समीक्षा (पूर्णपाठ)
काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समीक्षा पारित गरेसँगै सार्वजनिक भएको हो । [pdf id=450898]
लाभांश पारित गर्न नेपाल एसबिआई बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले ३०औँ वार्षिक साधारणसभा पुस १३ गते काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, सामाजिक उत्तरदायित्व कार्यक्रममा भएको ८२ लाख ८० हजार २६ रुपैयाँलाई सभाले अनुमोदन गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
कामना सेवा विकास बैंकले डाक्यो १७औँ वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । कामना सेवा विकास बैंकले वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले १७औँ वार्षिक साधारणसभा पुस १७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी हुन पाउने छन् ।