सिटिजन्स बैंकले गर्यो काठमाडौं इन्टिउट फर चाइलद हेल्थलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंकले काठमाडौं इन्टिउट फर चाइलद हेल्थ लागि आर्थिक सहयोग प्रदान गरेको छ । विभिन्न किसिमका बाल रोगको उपचार गर्ने उद्देश्यले सो एनजीओ निर्माण भएको हो । कम्पनीका अनुसार सो एनजीओले कार्डियोलोजी, ओन्कोलोजी, न्यूरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू र विभिन्न अन्य विशेष विभागहरू, सबै एउटै छानामुनि चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । अस्पतालको उद्देश्य चिकित्सा सेवाहरूको लागि न्यूनतम शुल्क लिने , गरिब र सीमान्तकृत बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने छ । एक समारोहका बीच बैंकले रू एक लाख एकाउन्न हजार बराबरकोे चेक डाक्टर भगवान कोइरालालाई हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८६ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित
काठमाडौं । माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा दुई वटा विधाबाट सम्मानित भएको छ । माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको हो । भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई उक्त दुई अर्वाडहरु प्रदान गरिएको छ । बैंकलाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पिओएस मेसिन प्रवद्र्धनमा उत्कृष्ट भएकाले उक्त अर्वाड प्रदान गरेको थियो । बैंकका अनुसार हाल स्मार्ट बैंकको नारासहित डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आफ्ना ग्राहकलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरु प्रदान गर्दै आई रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो स्र्माट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त
काठमाडौं । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । पुस १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा आत्रेयलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी पुस १२ गतेदेखि नै लागू हुनेगरी नियुक्त भएको बैंकले जनाएको छ । उनीसँग बैकिङ क्षेत्रको करिव ४ दशक लामो अनुभव रहेको छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका डा. आत्रेय त्यसपछि पनि विभिन्न संस्थामा सक्रिया रहदै आएका छन् । राष्ट्र बैंककै प्रतिनिधिको रुपमा उनले नेपाल बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम पनि गरेका थिए । पछिल्ला समय विशाल ग्रुप सम्बद्ध कम्पनीहरूमा सक्रिय भएका डा आत्रेयले इमर्जी नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत, प्रुडेन्सियल इन्स्याेरेन्समा विज्ञ सञ्चालक, सूर्य लाइफ इन्स्याेरेन्समा विज्ञ सञ्चालक भएर काम गरेका थिए ।