नेपाल बैंकमा कर्मचारी सञ्चय कोष र प्रभु लाइफको लगानी

काठमाडौं । नेपाल बैंकमा सरकारसहित २ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । बैंकको वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको ५१ प्रतिशत अर्थात् ७ अर्ब ४९ करोड ३९ लाख ५१ हजार ७ सय रुपैयाँ सेयर स्वामित्व छ । यस्तै, बैंकमा कर्मचारी सञ्चय कोषको ३.६४ प्रतिशत अर्थात् ५३ करोड ४८ लाख २३ हजार ७ सय रुपैयाँ र प्रभु लाइफ इन्स्योरेन्सको ०.९६ प्रतिशत अर्थात् १४ करोड १५ लाख ३ हजार ६ सय रुपैयाँ लगानी रहेको छ । सर्वसाधारण सेयरधनीको ४९ प्रतिशत सेयर स्वामित्व छ । जसमा कर्मचारी सञ्चय कोष र प्रभु लाइफ इन्स्योरेन्स सर्वसाधारणस सेयरधनीका तर्फबाट सबैभन्दा ठूला सेयरधनी हुन् ।

कर्णाली डेभलपमेन्ट बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, वितरण योग्य नाफा ऋणात्मक

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा  ४ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ ।  गत वर्षको सोही अवधिमा बैंकले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६ करोड ११ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ करोड ७५ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । ६ महिनाको अवधिमा बैंकको नेट फि एण्ड कमिशन आम्दानी ४६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ करोड ५८ लाख रुपैयाँ, सञ्चालन नाफा ४ करोड ७८ लाख रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य नाफा भने ३४ करोड १७ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ, जगेडा कोषमा ३९ करोड २३ लाख रुपैयाँ, निक्षेप संकलन ४ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ र कर्जा प्रवाह ३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ गरेको छ । यस अवधिमा बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ९.५१ रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ४१.७४ गुणा छ भने प्रतिसेयर नेटवर्थ ११०.१७ रुपैयाँ छ । गत वर्षको पुसमा ३.१७ प्रतिशत खराब कर्जा रहेको बैंकको यस वर्ष बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको आधार दर १२ प्रतिशत र कर्जा निक्षेप अनुपात ७३.४० प्रतिशत रहेको बैंकले जनाएको छ ।

१ सय रुपैयाँमै कामना सेवा विकास बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको ५ लाख बढी कित्ता सेयर आज माघ १७ गतेदेखि बिक्रीमा राखेको हो । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख ९ हजार ८९२ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य न्यूनमत १ सय रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताहरूसो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले माघ २३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । सो सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।