जेठमा पनि घट्यो बैंकहरूको ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दती निक्षेपतर्फमा ब्याजरद घटाएका छन् । जेठ महिनाका लागि विभिन्न सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरूले मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएका हुन् । जेठमा १९ वटा बैंकहरूको ब्याजदर ०.०७ प्रतिशत घटेर व्यत्तिगततर्फ ७.०७ प्रतिशत र संस्थागततर्फ ५.८९ प्रतिशतमा झरेको छ । बैशाखको तुलनामा जेठमा ८ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने दुई बैंकले बढाएका छन् । एनएमबि बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठमा ब्याजदर बढाएका हुन् । तर, एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले जेठमा ब्याजदर बढाएका छन् । साथै, जेठमा हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् ।

कुमारी बैंक र फिट लाइफ क्लबबीच विशेष छुट सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र कैलालीस्थित फिट लाइफ क्लबबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई फिट लाइफ क्लबबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्न सम्झौता भएको हो । यस सम्झौता कुमारी बैंक लिमिटेडका ग्राहकहरूले फिट लाइफ क्लबबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा  उक्त क्लबमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछ । विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभरि रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले दियो २ सय जना विद्यार्थीलाई झोला

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई व्याग वितरण गरेको छ । बैंकले बालुवाटार ४, काठमाडौं स्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार स्कूल व्याग वितरण गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरूलाई २०० थान स्कूल व्याग, २०० वटा कापी तथा २०० वटा कलम वितरण गरेको हो । सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक देवराज गुरुङको उपस्थिति रहेको थियो । सो व्याग वितरण कार्यक्रमले त्यस विद्यार्थीहरुमा निकै हर्ष र सकारात्मक उर्जा थपिएको अनुभुति पाइएको थियो । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।