ग्लोबल आइएमईको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई उपहार योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंक स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा यो योजना पुस १८ गते बिहीबारदेखि माघ १८ शुक्रबारसम्म सञ्चालनमा ल्याएको हो । यस उपहार योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकमा आवद्ध भएका तर हाल सम्म कारोबार नगरेका मर्चेन्टहरुले यस योजनाअवधीमा १८० रूपैयाँ वा सो भन्दा बढी रुपैयाँको भुक्तानी फोनपे क्यूआर कोडमार्फत् प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक १८० रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् र योजनाअवधिभर क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरु मध्य प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन् । योजना अवधिभरमा ४ जना मर्चेन्टहरुले स्मार्टफोन जित्नेछन् । साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधी भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन् । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

लक्ष्मी सनराइज बैंकको देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज बैंकले छैटौं वार्षिक डिजिटल डिसेम्बर अभियान विभन्न कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरू बारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप जोड दिएको बैंकको दाबी छ । कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारीता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासहरु बारे विविध समूहका सहभागीहरुलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको थियो । ११ डिसेम्बरदेखि २९ डिसेम्बरसम्म ८ विभिन्न सहरमा छलफल आयोजना गरिएको थियो । प्रत्येक कार्यक्रमहरूमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको मुख्य सम्बोधन साथै नेपाल प्रहरी, स्थानिय जनप्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्ग समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी र स्थानीय समुदायका प्रतिनिधि लगायतका विभिन्न क्षेत्रबाट प्यानलमा समावेश रहेका थिए । यी कार्यक्रममा विद्यार्थी, युवा, कर्मचारी, उद्यमी, व्यापारीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढी सहभागीहरू उपस्थित थिए । देशका विभिन्न समुदायहरूलाई डिजिटल साक्षरता मार्फत वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यका साथै डिजिटल बैंकिङको प्रयोगलाई प्रोत्साहन गर्न सो कार्यक्रामहरुमा वित्तीय डिजिटल साक्षरता, डिजिटल बैंकिङले जीवनस्तरमा गर्न सक्ने सुधार, अर्थतन्त्र र व्यापक पारिस्थितिक प्रणालीमा डिजितल बैँकिङ्गको फाइदा, नेपालमा सेवा क्षेत्रको डिजिटाइजेशन परिदृश्य, नेपालमा डिजिटल बैंकिङको वर्तमान अवस्था, डिजिटल बैंकिङका चुनौतीहरू (सुरक्षा, जोखिम, ठगीका प्रकार र समाधानहरू), नेपालमा डिजिटाइजेशन र डिजिटल बैंकिङको भविष्य जस्त विषय समावेश थियो । बैंकले प्रविधि, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा ध्यान केन्द्रित गर्दै यस अभियानले व्यक्ति तथा व्यवसायीहरूलाई डिजिटल बैंकिङको प्रयोग गर्न विश्वस्त बनाउने प्रयास गरेको बताएको छ । विभिन्न सरोकारवालाहरु लाई सहभागी बनाई चुनौतीहरूको समाधान गर्दै लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रमले डिजिटल रूपमा साक्षर सशक्त नेपाल निर्माण गर्ने आधारको थालनी गरेको हो ।

सिद्धार्थ बैंकका २ सेयरधनीले लगानी थपे, ५ जनाले बेचे सेयर

काठमाडौं । सिद्धार्थ बैंकका दुई संस्थापक सेयरधनीले आफ्नो सेयर स्वामित्व बढाएका छन् । बैंकका ठूला संस्थापक सेयरधनी विरेन्द्रकुमार शाह र पूनम चन्द अग्रवालले थप सेयर खरिद गरेर आफ्नो स्वामित्व बढाएका हुन् । गत असारसम्म शाहसँग बैंकको १.५४ प्रतिशत अर्थात् २१ करोड ६९ लाख २८ हजार १ सय रुपैयाँ र अग्रवालसँग ०.९७ प्रतिशत अर्थात् १३ करोड ७३ लाख ४४ हजार २ सय रुपैयाँ सेयर स्वामित्व छ । जबकी अघिल्लो वर्ष शाहसँग ०.९९ प्रतिशत अर्थात् १३ करोड ९१ लख ५५ हजार ५ सय रुपैयाँ र अग्रवालसँग ०.९७ प्रतिशत अर्थात् १३ करोड ६४ लाख ५५ हजार ७ सय रुपैयाँ मात्रै सेयर स्वामित्व थियो । तर, गत वर्ष आधा दर्जन सेयरधनीले बैंकको सेयर बिक्री गरेर आफ्नो स्वामित्व घटाएको देखिन्छ । जसमा अशोक कुमार बाहेटी, मदन लाल केडिया, राजेश कुमार केडिया, विनय कुमार शाह माडवारी र विमल कुमार केडियाले बैंकको सेयर बिक्री गरेर स्वामित्व घटाएका हुन् । बैंकका अनुसार अशोक कुमार बाहेटीको १.४८ प्रतिशत अर्थात् २० करोड ८० लाख ९० हजार १ सय रुपैयाँ, मदन लाल केडियाको ०.७६ प्रतिशत अर्थात् १० करोड ७३ लाख ७८७ हजार ३ सय सेयर, राजेश कुमार केडियाको ०.७८ प्रतिशत अर्थात् ११ करोड ६५ हजार ५ सय रुपैयाँ, विनय कुमार शाह माडवारीको ०.५५ प्रतिशत अर्थात् ७ करोड ८१ लाख ५३ हजार ९ सय रुपैयाँ, विमल कुमार केडियाको ०.६५ प्रतिशत अर्थात् ९ करोड १६ लाख ३५ हजार ४ सय रुपैयाँ सेयर स्वामित्व कायम राखेका छन् । जबकी अघिल्लो वर्ष अशोक कुमार बाहेटीको १.४९ प्रतिशत अर्थात् २० करोड ९४ लाख ६८ हजार ६ सय रुपैयाँ, मदन लाल केडियाको १.०८ प्रतिशत अर्थात् १५ करोड २३ लाख ८७ हजार ३ सय रुपैयाँ सेयर, राजेश कुमार केडियाको ०.८८ प्रतिशत अर्थात् १२ करोड ३७ लाख ६४ हजार १ सय रुपैयाँ, विनय कुमार शाह माडवारीको ०.७७ प्रतिशत अर्थात् १० करोड ८१ लख ५३ हजार ९ सय रुपैयाँ र विमल कुमार केडियाको ०.६६ प्रतिशत अर्थात् ९ करोड २६ लाख ३५ हजार रुपैयाँ सेयर स्वामित्व थियो । बैंकमा सबैभन्दा ठूलो सेयरधनी प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनी रहेको छ । यस कम्पनीको बैंकमा ३.२३ प्रतिशत अर्थात् ४५ करोड ५३ लाख २३ हजार ८ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत अर्थात् ४१ करोड ५७ लाख ३२ हजार ६ सय रुपैयाँ, रतनलाल कोडियाको २.४८ प्रतिशत अर्थात् ३४ करोड ९७ लाख ७० हजार ३ सय रुपैयाँ, सविता केडियाको १.९२ प्रतिशत अर्थात् २७ करोड १२ लाख ९ हजार २ सय रुपैयाँ, चिरंजीलाल अग्रवालको १.८१ प्रतिशत अर्थात् २५ करोड ५१ लाख ३० हजार ८ सय रुपैयाँ, पवन कुमार अग्रवालको १.७६ प्रतिशत अर्थात् २४ करोड ८४ लाख ९ हजार ४ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, सुवोध तोदीको १.५५ प्रतिशत अर्थात् २१ करोड ८३ लाख ६९ हजार ८ सय रुपैयाँ, नरपत सिंह जैनको १.४५ प्रतिशत अर्थात् २० करोड ५० लाख ६ हजार ४ सय रुपैयाँ, दिनानथ केडियाको १.४१ प्रतिशत अर्थात् १९ करोड ८१ लख ५९ हजार ७ सय रुपैयाँ, आदित्य केडियाको १.३९ प्रतिशत अर्थात् १९ करोड ६० लाख २४ हजार २ सय रुपैयाँ, महावीर इन्भेष्टमेन्ट प्रालिको १.३७ प्रतिशत अर्थात् १९ करोड २७ लाख ९९ हजार ७ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, तुषार तोदीको १.२८ प्रतिशत अर्थात् १८ करोड १ लाख ७१ हजार ५ सय रुपैयाँ, सुरेश कुमार रुंङगटाको १.२१ प्रतिशत अर्थात् १७ करोड ३ लाख ९२ हजार ८ सय रुपैयाँ, विनोद कुमार अग्रवालको ०.९४ प्रतिशत अर्थात् १३ करोड १७ लाख ५३ हजार ८ सय रुपैयाँ, भरत कुमार तोदीको ०.८७ प्रतिशत अर्थात् १२ करोड ३० लाख १६ हजार रुपैयाँ, राजकुमार टिब्रेवालाको ०.८१ प्रतिशत अर्थात् ११ करोड ३६ लाख ६४ हजार ४ सय रुपैयाँ सेयर स्वामित्व छ । यस्तै, राजेन्द्र कुमार अग्रवालको ०.७६ प्रतिशत अर्थात् १० करोड ७१ लख १३ हजार १ सय रुपैयाँ, श्याम सुन्दर अग्रवालको ०.७५ प्रतिशत अर्थात् १० करोड ५३ लाख १६ हजार ७ सय रुपैयाँ, सुरेश कुमार केडियाको ०.७२ प्रतिशत अर्थात् १० करोड १२ लाख ३० हजार रुपैयाँ, केशरी चन्द कुचेरियाको ०.६७ प्रतिशत अर्थात् ९ करोड ५० लाख १२ हजार ५ सय रुपैयाँ, शशिकला अग्रवालको ०.६३ प्रतिशत अर्थात् ८ करोड ९२ लाख ९८ हजार ८ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, मनिष जैनको ०.६३ प्रतिशत अर्थात् ८ करोड ८९ लाख ९७ हजार ७ सय रुपैयाँ, जगदिश कुमार अग्रवालको ०.६१ प्रतिशत अर्थात् ८ करोड ६४ लाख ५१ हजार १ सय रुपैयाँ, शम्भु कुमार कन्दोइको ०.५९ प्रतिशत अर्थात् ८ करोड ३२ लाख ८८ हजार १ सय रुपैयाँ, कबिन्द्र बहादुर श्रेष्ठको ०.५९ प्रतिशत अर्थात् ८ करोड २९ लाख ६३ हजार १ सय रुपैयाँ, सरोज शर्माको ०.५१ प्रतिशत अर्थात् ७ करोड २५ लाख ४८ हजार ९ सय रुपैयाँ र इन्दिरा राजभण्डारीको ०.५० प्रतिशत अर्थात् ७ करोड ३ लाख ८४ हजार ८ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ ।