एनपीएल ७.२८ प्रतिशत पुगेपनि हिमालयनको नाफा २२.१४ प्रतिशत बढ्यो
काठमाडौं । हिमालयन बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १०.९३ प्रतिशत घटेर १० अर्ब ४५ करोड ६६ लाख ९० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ६१ करोड ७६ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १०.८८ प्रतिशत बढेर १ अर्ब १५ करोड १३ लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.७२ प्रतिशत घटेर १२ अर्ब ५२ करोड १३ लाख ५७ हजार रुपैयाँ, सञ्चालन नाफा ८८.४२ प्रतिशत बढेर ५ अर्ब ४३ करोड ६४ लाख ९२ हजार रुपैयाँ गरेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ७ अर्ब १० करोड १५ लाख २७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ७ अर्ब ४४ करोड १५ लाख २६ हजार रुपैयाँ ऋणात्मक थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले केही घटाएको देखिन्छ । समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ र जगेडा कोष ४.४२ प्रतिशत बढेर २३ अर्ब ३५ करोड ९९ लाख ६६ हजार रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन ८.८९ प्रतिशत बढेर ३ खर्ब ९ अर्ब १५ करोड ८६ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी १.३७ प्रतिशत बढेर २ खर्ब ३२ अर्ब ८५ करोड ८२ लाख ८८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८९ करोड ९५ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब २३ करोड ९७ लाख ४२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी १.२६ रुपैयाँ बढेर ६.९८ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३३.९८ गुणा रहेको छ । गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ७.२८ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ४.०६ प्रतिशत छ ।
एनएमबि बैंकको नाफा ३.२८ अर्ब रुपैयाँ, लाभांश क्षमता १०.४० प्रतिशत
काठमाडौं । एनएमबि बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ४६.२२ प्रतिशत बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत बढेर ८ अर्ब २ करोड ८ लाख ९४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब २१ करोड ६७ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१.३० प्रतिशत बढेर २ अर्ब १८ करोड १७ लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १४ प्रतिशत बढेर १८ अर्ब ८८ करोड १६ लाख ६२ हजार रुपैयाँ, सञ्चालन नाफा ६४.४६ प्रतिशत बढेर ५ अर्ब ३५ करोड २ लाख ७ हजार रुपैयाँ गरेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९४ लाख ४७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १०.४० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९ करोड २८ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो । समीक्षा वर्षमा बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ र जगेडा कोष १५.२० प्रतिशत बढेर १२ अर्ब ३२ करोड ५५ लाख ८८ हजार रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन २५.४४ प्रतिशत बढेर २ खर्ब ८० अर्ब ९२ करोड ६६ लाख ६८ हजार रुपैयाँ र कर्जा लगानी २७.९१ प्रतिशत बढेर २ खर्ब २९ अर्ब ११ करोड ९३ लाख ४२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब २३ अर्ब ९४ करोड २५ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब ३० करोड ४१ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ५.६५ रुपैयाँ बढेर १७.८७ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७६.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.१० गुणा रहेको छ । गत वर्ष बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३.७२ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १०.६६ प्रतिशत छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटीभी सेवामा छुट
काठमाडौं । एनआईसी एशिया बैंक र सिजी कम्युनिकेसन्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरे । यस सम्झौतासँगै बैंकका ग्राहकहरूले पहिलो पटक सिजी इन्टरनेट र आइपीटीभीको सेवा लिँदा व्यक्तिगत सेवामा २ हजार ५०० र संस्थागतरूपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २ हजार ५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, इन्टरनेटसँगै आईपीटीभीको सेवा लिने नयाँ ग्राहकले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नेछन् । साथै हाल सेवा लिइरहेका ग्राउक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।