घाटा बेहोर्दै आएको मसेराटीले नयाँ रणनीति अपनाउने
काठमाडौं । मसेराटीले नयाँ व्यापार योजना छिट्टै सार्वजनिक गर्ने योजना बनाएको कम्पनीका प्रमुखले बिहीबार जानकारी दिएका छन् । जसको घोषणा यस महिनाको अन्त्यमा अभिभावक कम्पनी स्टेलान्टिसका नयाँ प्रमुख एन्टोनियो फिलोसा औपचारिक रूपमा कार्यभार सम्हालेपछि गरिने जनाइएको छ । घाटामा रहेको इटालियन ब्रान्ड स्टेलान्टिस जुन विश्वकै चौंथो ठूलो अटो निर्माता स्टेलान्टिसको लक्जरी सेग्मेन्टको एकमात्र ब्रान्ड हो । यसले हालका लागि कुनै नयाँ मोडेल सार्वजनिक गर्ने योजना बनाएको छैन । स्टेलान्टिसले गत वर्ष स्थगित गरिएको अघिल्लो व्यापार योजनापछि मसेराटीको रणनीतिहरू पुनरावलोकन गरिरहेको छ । मसेराटीका सीईओ सान्तो फिसिलीका अनुसार योजना अन्तिम चरणमा पुगेको छ र यसमा नयाँ उत्पादनहरू मात्र होइन, विक्रेताहरूसँगको सम्बन्ध र सेवा नेटवर्कको पुनः संरचनाको विषय पनि समावेश हुनेछ । स्टेलान्टिसले गत साता आफ्नो इटालियन नागरिक एन्टोनियो फिलोसालाई नयाँ सीईओ घोषणा गरेको थियो । उनको नियुक्ति जुन २३ देखि लागू हुनेछ । 'एन्टोनियोलाई मसेराटी ब्रान्ड निकै मन पर्छ, मलाई लाग्छ हामीले ठूला उपलब्धि गर्नेछौं,' फिसिलीले भने । मसेराटीले आफ्ना सम्पूर्ण मोडेलहरू इटालीमै डिजाइन, इन्जिनियर र उत्पादन गर्न जारी राख्ने उनले जानकारी दिए । कमजोर परिणाम र बिक्रीमा गिरावटका कारण स्टेलान्टिसले मसेराटी बिक्री गर्ने तयारीमा छ भन्ने बजार अड्कलबाजीका बारेमा सोधिएको प्रश्नमा फिसिलीले यस्तो कुनै योजना नभएको पुनः पुष्टि गरे । स्टेलान्टिसको प्रिमियम ब्रान्ड अल्फा रोमियोको नेतृत्व पनि सम्हालेका फिसिलीले अल्फा रोमियोको योजनाको पनि चाँडै पुनरावलोकन गरिने जानकारी दिए । समूहले मसेराटी र अल्फा रोमियोका लागि रणनीति सल्लाहका लागि परामर्शदाता कम्पनी म्याक्किन्सीलाई नियुक्त गरेको छ किनभने यी ब्रान्डहरू अमेरिकी ट्यारिफ ९शुल्क० को असरमा पर्ने छन् । मसेराटीको करिब ३० प्रतिशत बिक्री अमेरिकी बजारमा हुने गर्छ भने अल्फा रोमियोको करिब १५ प्रतिशत । ट्रम्प-मस्क विवादले टेस्लाको सेयरमा भारी गिरावट, १५० अर्ब डलर बजारबाट गायब
नेपालको बाटोमा ५०० प्लस सेरेसका गाडी, ३ नयाँ मोडेल छिट्टै सार्वजनिक हुने
काठमाडौं । नेपालमा सेरेस सवारीसाधनको अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले छिट्टै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । हालसम्म नेपालभरि ५०० भन्दा बढी सेरेस गाडीहरू बिक्री भइसकेका छन् । ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर फैलिएको सेवा केन्द्रहरूको सञ्जालमार्फत सेरेसले गाडीधनीहरूलाई सहज र समयमै सेवा उपलब्ध गराएको छ । देशभर सर्भिस लोकेसनहरूको संख्या बढेसँगै ग्राहकहरूले मर्मत तथा सर्भिसको पहुँच झनै सजिलो रूपमा पाउन थालेका छन् । अहिले देशका विभिन्न स्थानमा १२२ वटा चार्जिङ स्टेसन बनिसकेको एमएडब्लू अटोमोबाइल्सले जनाएको छ । हालै सेरेस ब्रान्डबारे बजारमा केही अफबाह फैलिएको भन्दै अटोमोबाइल्सले सेरेसको सेवा र कारोबार नियमित रूपमा चलिरहेको उल्लेख गरेको छ । ग्राहकको विश्वास र सेरेसप्रतिको सन्तुष्टि नै बजारमा सेरेसको मजबुत उपस्थिति पुष्टि गर्ने आधार बनेको कम्पनीको दाबी छ । एमएडब्लू अटोमोबाइल्सले आगामी दिनमा समेत ग्राहकसँगको आफ्नो साथ केवल खरिदको समयसम्म सीमित नरहने वाचासमेत गरेको छ ।
जेभियर इन्टरनेशनल स्कुललाई १३ वटा फोटोन माउन्टेन इभी भ्यान हस्तान्तरण
काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कुललाई १३ वटा नयाँ फोटोन माउन्टेन इलेक्ट्रिक स्कुल भ्यानहरू हस्तान्तरण गरेको छ । साँचो हस्तान्तरण कार्यक्रममा एमएडब्लु वृद्धि र जेभियर स्कूलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । हस्तान्तरण कार्यक्रममा एमएडब्लु वृद्धिका सीईओ तुषार गुप्ताले विद्यालयलाई ईभी राखेकोमा धन्यवाद दिए । सेल्स डेड नवीन आचार्यले फोटोन माउन्टेन इभीमा सुरक्षा, दिगोपन, स्पेस र दक्षता सबै संयोजन रहेको जानकारी दिए । यससँगै जेभियर इन्टरनेशनल स्कुल नेपालमै ठूलो संख्यामा ईभी प्रयोग गर्ने पहिलो शैक्षिक संस्था बन्न पुगेको छ । फोटोन माउन्टेन इभी एक आधुनिक, प्रदूषणमुक्त भ्यान हो । यो विशेषगरी विद्यालयका विद्यार्थीहरूको सुरक्षित र भरपर्दो यातायातका लागि उपयुक्त छ । यसमा ५३।५८ किलोवाटको सीएटीएल ब्याट्री र १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३३० एनएमसम्मको टर्क दिन्छ । एमएडब्लु वृद्धि नेपालमा फोटोन मोटर्सको आधिकारिक आयातकर्ता कम्पनी हो ।