पल्सर डेयर भेन्चर ४ शनिबारदेखि प्रशारण हुने

काठमाडौँ । बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘पल्सर डेयर भेन्चर सिजन ४’ रिफ्रेसड बाई स्प्राईट लिएर आएको छ । पल्सर डेयर शनिबार देखि प्रशारण हुन थालेको हो । पल्सर डेयर भेन्चर नेपालको लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो । पहिलो पटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ जना साहसी र निडर राइडरहरुलाई बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य लद्दाखमा लगेको छ । राइडरहरुले आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्राभरी असीमित रोमाञ्चक अनुभव बटुलेका छन् । सिमावर्ती बाइकयात्राको अनुभवर मज्जालिनुका साथै विजेताले रु १० लाखनगद र नयाँपल्सर एनएस २०० प्राप्त गर्नेछन् । पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ वटा सिजन पूरा गरिसकेको छ, जुन क्रमशः २०१४, २०१५ र २०१७ मा शुरु भएको थियो ।

यस्तो छ हार्ले डेभिडसनको ‘आइरन ८८३’, थप दुई मोडेल पनि नेपाल भित्रिँदै

काठमाडाैं । अमेरिकन मोटरसाइकल ब्राण्ड ‘हार्ले डेभिडसन’ को नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्सले हाल यस ब्राण्डको ‘आइरन ८८३’ नामक मोटरसाइकल नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।कम्पनीले सो मोटरसाइकलको मूल्य ४० लाख रुपैयाँ तोकेको छ । ‘आइरन ८८३’ हार्लेको एउटा इन्ट्रि-लेभल क्रुजिङ्ग मोटरसाइकल हो जसमा ८८३ सीसीको ४-भल्भ इञ्जिन जडान गरिएको छ । यस इञ्जिनले ५० बीएचपीको पावर र ६८ एनएमको टर्क प्रोड्युस गर्दछ भने यसमा ५-स्पिड गियरबक्स दिइएको छ । त्यसैगरी, यस इञ्जिनमा इलेक्ट्रोनिक सिक्वेन्सल पोर्ट फ्युल इन्जेक्सन सिस्टम समावेश गरिएको छ । यस मोटरसाइकलको सिट हाइट ७६० मिलिमिटर छ भने फ्युल ट्याङ्क क्यापासिटि १२.५ लिटरको र तौल चाहिँ २४७ के.जी. रहेको छ । त्यसैगरी, यसको फ्रन्ट ह्विल १९ इञ्चको र ब्याक ह्विल चाहिँ १६ इञ्चको रहेको छ । यस मोटरसाइकलले १७ केएमपीएलको माइलेज र १७० केएमपीएचको टप स्पिड प्रदान गर्दछ भनेर कम्पनीले दावी गरेको छ । आईएमई मोटर्सले चाँडै नै हार्लेको दुई नयाँ मोडेल ‘स्ट्रीट ७५०’ र ‘स्ट्रीट रड ७५०’ लाई नेपाली बजारमा भित्र्याउने तयारी गरिरहेको छ । कम्पनीका अनुसार नेपाल लञ्च पश्चात यी दुवै मोटरसाइकलहरुको बजार मूल्य २६ लाख रुपैयाँ देखि २९ लाख रुपैयाँको हाराहारी पर्न जानेछ । हार्ले डेभिडसन आफ्नो लुक्स, साउण्ड, पावर, कम्फर्टनेस लगायतका कारण संसारभर कैयौं प्रशंसकहरु कमाउन सफल रहेको छ ।

टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको छनौट प्रतियोगिता सम्पन्न

काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस बाइक राइडरहरुलाई लक्षित गरेर अघि सारेको नयाँ योजना टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको प्रारम्भिक चरणको छनौट प्रतियोगिता बुधबार सम्पन्न भएको छ । छनौट चरण पार गर्न सफल भएका २५ जना टिभिएस अपाचे राइडरहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउनुको अनुभव संगाल्न पाउनेछन् । टिभिएसले गत वर्ष पनि यस्तै रेस ट्रयाक योजना संचालन गरिसकेको र त्यसबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित भएर यो वर्ष पनि त्यस्तै योजना संचालन गरेको जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले बताए । अत्याधिक माइलेजका साथ अत्यन्त सुरक्षित प्रविधिले सुसज्जित अपाचे टिभिएस अपाचे आरआर ३१० र २०० ४भि दुवै रेसको लागि सर्वोत्कृष्ट साबित भैसकेको छ र नेपालमा पनि यो बाइकले धेरै बाइकप्रेमीहरु माझ आफ्नो उत्कृष्टता प्रस्तुत गरिसकेको उपाध्यक्ष अग्रवालले बताए । टिभिएस अपाचेका राइडरहरुलाई रेस ट्रयाकमा सम्मिलित गराउने लक्ष्यका साथ संचालन गरिएको यस टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजना अन्तर्गत सहभागी हुन चाहनेले टिभिएस अपाचे आरआर ३१० र २०० को टेस्ट राइड प्रक्रियामा सामेल हुनु पर्ने शर्त राखिएको थियो, जसमा टेस्ट राइड गर्नेहरुको संख्या अत्याधिक रहेको थियो । जसमध्ये छनौट चरणको लागि गोला प्रथाद्वारा ५० जनाको नाम चयन गरिएको छ । छनौट चरणबाट प्रारम्भमा ३० जनाको नाम चयन गरी अन्तिम चरणको अन्तर्वार्ताबाट अन्तिम सहभागीहरु २५ जनाको नाम घोषणा गरिनेछ । छनौट चरणमा सहभागी हुने बाइक राइडरहरुको चयन उनीहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासन आदिका आधारमा गरिनेछ । यसरी छनौट चरण पार गरेर अन्तिम चरणमा प्रवेश गरेका टिभिएस अपाचे बाइक राइडरहरुले यही मंसिर १५ गते मद्रास मोटर रेस ट्रयाकमा टिभिएस अपाचे बाइक कुदाएर आफ्नो जीवनको एक सुनौलो सपना साकार बनाउने कम्पनीले जनाएको छ ।